६ फेब्रुअरी २०२१। हङकङ । क्रान्ति सुब्बा ।

हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर अल्बर्ट आउ र स्वास्थ बिभागका सह निर्देशक डाक्टर रोनाल्ड लाम मान किनको संयोजनमा   आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा १९ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएका छ्न जसमा  ३ केस  आयातित र १६ केस  स्थानीय  रहेकाछ्न।

  स्थानीय केस मध्ये  १०  केसको सम्बन्ध पुर्व केससंग रहेको  छ भने ६ केस स्रोत पहिल्याउन  नसकिने स्रोतबाट आएकोछ  । हङकङमा कुल कोरोना केस १०,६०९ पुगेकोछ।

आजका नयाँ दर्ता भएका केसमा   २ वर्ष    देखि ८३ वर्ष बीचका ९ जना पुरुष र १० जना महिला परेकाछ्न। आज २० जना प्रारम्भिक पोजेटिभ केस फेला परेकाछ्न।

३  आयातित केसमा  १ जना साउथ अफ्रिकाबाट फर्किएका यात्रु, एकजना पाकिस्तानबाट आएका यात्रु र एकजना फिलिपिनो डोमेस्टिक हेल्पर रहेकाछ्न।

अज्ञात स्रोतबाट आएका ६ जना रोगीहरु निम्न इलाकामा बस्नेहरु परेका छ्न – १. हुङ हम २. फान लिङ ३. मेन्डारिन कोर्ट , शांघाइ स्ट्रीट ४. किङ्स रोड  ५. चुन मुन  । यी अज्ञात स्रोतका संक्रमितभित्र सेवा निवृत , घरेलु कामदार ,विद्यार्थी ,सेक्युरिटी गार्ड आदि परेकाछ्न।

विमानस्थल तेस्रो हवाईमार्गको कन्स्ट्रक्सन साइटका संक्रमित कामदारको सन्निकट रहेका ३ जनालाइ कोरोना संक्रमण पुष्टि भएकोछ। यो क्लस्टरबाट संक्रमण हुनेको संख्या २७ पुगेको छ। जसमा १५ जना कामदार र १२ जना नजिकको सम्पर्कमा रहेका व्यक्ति परेका छ्न।

कोरोना भाइरसको बेलायती प्रजातीबाट संक्रमित थप ४ जना थपिएकाछ्न। तिनीहरुमा ३ जना स्कटल्याण्डबाट आएका परिवार अन्तर्गत परेकाछ्न भने एक जना स्विजरल्याण्डबाट आएका मानिस परेकाछ्न। १ जना रोगी  कोरोना भाइरसको ब्राजिल प्रजातिबाट संक्रमित भएकाछ्न।
डाक्टर रोनाल्ड लामले आज उप्रान्त कुनै पनि भवनमा एक जना मात्र कोरोना संक्रमित व्यक्ति भेटिएमा उक्त भवन अनिवार्य कोरोना परिक्षण सुचीमा जाने कुरा बताए। र यदि कुनै पनि कार्यस्थल जस्तै : कन्स्ट्रक्सन साइटमा २ जना संक्रमित भेटिने साथ सम्पुर्ण साइट नै अनिवार्य कोरोना परिक्षण सुचीमा जानू पर्दछ। तेस्रो रनवे कन्स्ट्रक्सन साइटका सबै कामदारको कोरोना परिक्षण भैसकेको छ।

तपाईको प्रतिक्रिया