काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा जारी सुनुवाइ चाँडो टुंग्याउनु पर्ने बताएका छन् । संवैधानिक इजलासमा जारी वहसलाई माघ मसान्तभित्र सक्न उनले आग्रह गरेका छन् ।

आइतवार सरकारी वकीलहरूको बहस चलिरहँदा प्रधानन्यायाधीश राणाले माघ मसान्तभित्र बहस टुंग्याउन आग्रह गरेका हुन् । उनले सरकार पक्षका वकीललाई १५ मिनेट समय दिएका छन् ।

प्रतिनिधिसभा विघटनको फागुन ५ गते दुई महिना पुग्छ । यदि माघभित्र बहस सकियो भने ढिलोमा फागुन दोस्रो सातासम्म फैसला आउन सक्ने बताइएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गतेलाई निर्वाचनको मिति तोकेको छ ।

फैसला ढिला हुँदा निर्वाचन आयोगलाई दबाब पर्नेछ ।

तपाईको प्रतिक्रिया