७ फेब्रुअरी २०२१ हङकङ ।क्रान्ति सुब्बा ।

हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर चुवाङ शुक क्वानले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा २७ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएका छ्न जसमा  ३ केस  आयातित र २४ केस  स्थानीय  रहेकाछ्न।

  स्थानीय केस मध्ये  १८ केसको सम्बन्ध पुर्व केससंग रहेको  छ भने ६ केस स्रोत पहिल्याउन  नसकिने स्रोतबाट आएकोछ  । हङकङमा कुल कोरोना केस १०,६३६ पुगेकोछ। मृत्यु संख्या १८६ पुगेको छ।

आजका नयाँ दर्ता भएका केसमा   ३ वर्ष    देखि ७८ वर्ष बीचका ९ जना पुरुष र १८ जना महिला परेकाछ्न। आज २० जना प्रारम्भिक पोजेटिभ केस फेला परेकाछ्न।

३  आयातित केसमा सबै जना इन्डोनेसियाबाट आउने परेकाछ्न।
आज एक जना ३२ वर्षीया गर्भवती महिला र  एक पारिवारिक सदस्य  सहित पोजेटिभ भएकी छिन। उनिहरु याउ मा तेइको १५९ रिक्लेमेसन स्ट्रीटमा रहेको खण्डित (सब डिभाइडेड) फ्लाटमा बस्तछ्न। जनवरी ३० तारीख यस भवनबासीलाई क्वारेन्टाइनमा लगिएको थियो । तर त्यो बखत यी महिला उम्कन सफल भएकी थिइन ।
अब उनी र उनलाई क्वारेन्टाइनको व्यवस्थापन भैरहेको स्थलमा  नजाउ भनेर आदेश दिनेलाई कानुनी कार्वाही हुन सक्ने कुरा च्वाङले बताइन।
ती महिलाका छरछिमेकबाट  ९ जनालाई आइसोलेसमा लगिएकोछ हालमा।
२६ हप्ताको पेट बोकेकी ती महिला  जनवरी ३१ को परिक्षणमा नेगेटिभ देखिएकी थिइन।तर गत बुधबारबाट उनिमा लक्षण देखापर्न थाल्यो र शुक्रबार कङ वाह अस्पतालमा फेरि परिक्षण गर्दा पोजिटिभ देखिएको हो।
” अब १५९ रिक्लेमेसन स्ट्रीट पनि अनिवार्य कोरोना परिक्षण सुचीमा जानू पर्नेछ।” च्वाङ्ले भनिन।

अज्ञात स्रोतवाला ६ जना कोभिड रोगीको ठेगाना निम्न बमोजिम छ्न।
१. ग्रीनरी प्लेस टावर २, १ टाउन पार्क रोड साउथ , युन लङ
२. मिङ ताइ हाउस , ओन ताइ स्टेट , कुन तङ
३.ओइ वो हाउस , ताओ वो स्टेट, ताइ पो
४.पिङ यात हाउस , यान तङ स्टेट,
५.होङ च्यङ हाउस , च्यङ होङ स्टेट , चिङ यी
६.ब्लक ३, ग्रान्ड पालिसेड्स ,ताइ पो।
यी सबै भवन अनिवार्य परिक्षण सुचीमा पर्नेछ्न।
अनिवार्य परिक्षण सुचीमा पर्ने भवनहरु हुन –
१.ब्लक १, ग्रेट गार्डन् , युन लङ
२.होङ पिङ भिल्ला युन लङ
३. २ हुङ वान स्ट्रीट , काउलुन सिटि
४.किङ्स्ट टेरयास  टावर, २२ किङ सान पाथ, सान हुइ

तपाईको प्रतिक्रिया