७ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा ।

मङ कोक, क्वारी बे र हुङ हाममा पर्ने तीन वटा आवासीय ब्लक आज सरकारले जारी गरेको कोभिड बिरोधि निसाकालिन लकडाउनको सिकार भएकाछ्न।

होइ यु हाउस मङ कोक , वाइ लिङ बिल्डिङ, क्वारी बे र च्यङ लोक मेन्सन, हुङ हामका तमाम वासिन्दाले आज रात भरिमा कोरोना परिक्षण गराइसक्नु पर्नेछ। यदि बितेको दुई दिन भित्र कसैले कोरोना परिक्षण गराएको र नतिजा नेगेटिभ आएको प्रमाण भएमा निजले आजको रात परिक्षण गर्नु पर्दैन ।

उल्लेखित भवनहरुमा हालै कोरोना पोजिटिभ पुष्टि केस भेटिएका कारण यो दशामा जानू परेको हो र यो कार्वाहीको अन्त सोमबार बिहान ७ बजे हुनेछ।

सरकारले एम्बुस स्टाइलको लकडाउन निरन्तर जारी राखेको आज आठौं दिन हो जहाँ परेका मानिस हरु कामकारबाहीको अन्त नभैन्जेल नजरबन्दमा बस्नु पर्छ।

गत दुई हप्तामा २० वटा भन्दा बढी लकडाउन भयो जहाँबाट केवल १५ केस मात्र पत्ता लागेको छ।

तपाईको प्रतिक्रिया