९ फेब्रुअरी २०२१ हङकङ ।क्रान्ति सुब्बा ।

हङकङ सरकारले रोग निवारण तथा नियन्त्रण (निश्चित व्यक्ति केन्द्रित अनिवार्य परिक्षण ) अध्यादेश ( क्याप्सन ५९९)प्रयोग गरि कोरोना भाइरस उच्च संक्रमण इलाका पत्ता लगाइ उक्त क्षेत्रलाई निर्दिष्ट प्रतिबन्धन स्थल तोक्ने र सिमाबन्धन- परिक्षण घोषणा गर्दै एम्बुस लकडाउनको अभ्यास प्रत्येक रात गरिरहेको छ। हिजो सरकारले दुई स्थानमा निशाकालिन एम्बुस लक डाउन जारी गर्‍यो ।

एउटा स्थान हो मान यीङ बिल्डिङ ,२-२४ मान यीङ स्ट्रीट , फेरि पोइन्ट जोर्डन। अनिवार्य परिक्षणको अभ्यास करिब ७ बजेतिर समाप्त भएको थियो।

अर्को स्थान हो – हाङ ओन  बिल्डिङ,८८-९० फुक विङ स्ट्रीट / ४६A-46C क्वेइलिन स्ट्रीट , साम सोइ पो। जहाँ लक डाउनको घोषणा बेलुकी ८:३० बजे भएर आज बिहान ९:३०  बजे समाप्त भएको थियोे ।
साम सोइ पोको सानो लक डाउन एरियाको ५९ घरमा कर्मचारीहरु पुगेका थिए ।जसमा १५ वटा घर्को ढोका खोलिएन। 

करिब १४५० जनाले परिक्षणमा भाग लिएका थिए जोर्डनबाट । करिब १,००० घरको ढोकामा कर्मचारी पुगेका थिए ।२७० वटा निवासको ढोका खोलिएन।
जोर्डन र साम सोइ पो को लक डाउनमा शुन्य संक्रमण भेटिए।

साम सोइ पो प्रतिबन्धित इलाकाबाट अनिवार्य परिक्षणमा नगएका पाँच जनालाई जनही हङकङ डलर ५,००० जरिवाना गरिएको छ र  परिक्षणमा जान हुकुम दिइएकोछ।

तपाईको प्रतिक्रिया