९ फेब्रुअरी २०२१ हङकङ ।क्रान्ति सुब्बा ।

हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर चुवाङ शुक क्वानले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा २६ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएका छ्न जसमा ५ केस  आयातित( १ जना इन्डोनेशियाली डोमेस्टिक हेल्पर र चार जना भारतबाट आएका परिवारका सदस्य ) र २१ केस  स्थानीय  रहेकाछ्न जसमा एकजना घरबारहिन मानिस पनि परेकाछ्न।

  स्थानीय केस मध्ये  १६ केस  पुर्व केससंग संबंधित रहेको  छ भने ५ केस स्रोत पहिल्याउन  नसकिने स्रोतबाट आएकोछ  । हङकङमा कुल कोरोना केस १०,६९४ पुगेकोछ।

आजका नयाँ दर्ता भएका केसमा   ५ महिना   देखि ७५ वर्ष बीचका १६ जना पुरुष र १० जना महिला परेकाछ्न। आज २०  वटा प्रारम्भिक पोजेटिभ केस रेकर्ड भएकाछ्न।

अज्ञात स्रोतबाट आएका ५ केस निम्न ठेगानाबाट आएका हुन।
१. वाइ लि बिल्डिङ
२.लगुना भर्ड, ब्लक १८ लगुना भर्ड एभन्यु
३.नाम पिन वाइ, युन लङ

पो ल्यङ कुक कुन तङमा पर्ने ओन ताइ रिहेबिलिटेसन सेन्टर एक निवासीलाई आज पोजेटिभ भएकोछ। यस सेन्टर निवासी ४० जना र ३० जना कर्मचारीलाई क्वारेन्टाइनमा पठाइसकिएकोछ। दुई जना कर्मचारीमा प्रारम्भिक पोजेटिभ देखी सकिएकोछ। त्यस मध्येको एक जनालाइ चाहीलाइ पुर्व संक्रमित ८० वर्षीय रोगीबाट सरेको हो। ती ८० वर्षीय पुर्व संक्रमित रोगीको पुरै परिवारलाई कोभिड लागेको थियो त्यसबेला।

तपाईको प्रतिक्रिया