९ फेब्रुअरी २०२१ हङकङ ।क्रान्ति सुब्बा ।

कोरोना भाइरस संक्रमणको भाइरल रुपलाइ संकुचित पार्न हङकङ सरकारले कुनै कसर बाँकी नराखी रात्रीकालिन एम्बुस लकडाउनलाई आजको रात ७ बजे जारी राखेको छ।

शुन्य नतिजा आउने अनुत्पादक लकडाउन महंगो भएको आलोचना खेपेर भएपनि सरकारले यो जोखिम नागरिकको मनमा शान्ति अमनचयन कायम राख्न जरुरी छ भन्दै आएकोछ। लक डाउन भएको इलाकाबाट एउटा पनि केस नआउनु सकारात्मक कुरा हो , यसले त्यो इलाका भाइरस फ्री छ भन्ने देखाउछ भनेर सरकारी अधिकारीले आफ्नो कदमको रक्षा गर्दै आएकाछ्न।

स्मरण रहोस आज लक डाउन भएको दशौं दिन हो। हङकङकि राज्य प्रमुख क्यारी लामले चाइनिज नयाँ वर्षको विदा भरी लाक डाउन नगर्ने कुरा आज बताएकी छिन।

आजको रात तो क्वा वान , ८६-९४H लोक सान रोड स्थित किउ यु मेन्सन र ९६-१०६ J लोक सान रोड स्थित किउ फात मेन्सनमा बस्नेहरूलाई घरमै बस्नु पर्ने आदेश जारी भैसकेको छ।

यी दुई भवनमा हालासालै एक जना पनि कोरोना पोजेटिभ केस भेटिएको छैन तर त्यहाँको ढलको नमूनामा कोरोना पोजेटिभ देखिएकोछ भनेर सरकारी प्रबक्ताले भने।

” भवनको अवस्थालाई निरुपण गर्दा र संक्रमण हुने संभावित जोखिमलाई हेरेपछि सरकारले संबंधित एरियालाई समेटेर “सिमाबन्धन – परिक्षण क्षेत्र घोषणा ” गर्ने निर्णय गरेको हो” उनले भने।

आइतबार र मंगलबारको बीचमा परिक्षण गरिसकेका र नतिजा नेगेटिभ भएकाले आज रातको अनिवार्य परिक्षणमा संलग्न हुनु पर्ने छैन।

सरकारी अधिकारीहरुले भोलि बुधबार बिहान ७:३० बजेभित्र सम्पूर्ण कामकारबाही सक्ने लक्ष्य लिएकोछ जसले गर्दा बासिन्दाहरुले आफ्नो दैनिक कार्यमा जान सकुन।

तपाईको प्रतिक्रिया