१० फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा ।

सरकारले गत रात तो क्वा वानको लोक सान रोडमा स्थित दुई वटा मेन्सन माथि लगाएको लक डाउनको काम कामकारबाही आज बिहान (१० फेब्रुअरी ) ७: १५ बजे समाप्त भएको छ। र यो क्षेत्रबाट शुन्य पोजिटिभ केस आएकोछ।

लक डाउनमा परेको भवनका प्रत्येक बासिन्दाले अनिवार्य परिक्षण गरे  नगरेको तथ्य पत्ता लगाउन आज बिहान सात बजेबाट एउटा अनुगमन टोलि खटिएको थियो। यो अनुगमन टोलीमा गृह मामिला बिभाग ,काउलुन सिटि जिल्ला कार्यलय ,साइ कुङ जिल्ला कार्यलय ,हङकङ प्रहरी , अग्नि नियन्त्रण विभाग , जनगणना तथा तथ्यांक बिभाग ,खाद्य तथा पर्यावरणीय स्वास्थ बिभाग र सहायक चिकित्सा सेवाका करिब ६३० जना स्टाफ संलग्न थिए। र यो अनुगमन कार्य आज बिहान १० बजे समाप्त भएको थियोे । अनुगमनबाट सबैले अनिवार्य परिक्षणमा भाग लिएको रिपोर्ट आएपछि खाद्य तथा स्वास्थ मन्त्रीले “प्रतिबन्धित -परिक्षण क्षेत्र घोषणा ” को अन्त भएको घोषणा गरेका थिए ।
आज बिहान दुई बजे सम्मको अबधिमा करिब १,७०० बासिन्दाले परिक्षणमा भाग लिएका थिए । सरकारी कर्मचारीले ६४५ घर छान मारेका थिए ।
करिब तीस वटा घरको ढोका नखोलिएपछी सरकारले परिक्षणमा जानू पर्ने सूचना ढोकामा टालेर फर्किएका थिए ।

विगत २ हप्ताबाट प्रत्येक रात विभिन्न स्थानमा लागू गरिएको लक डाउनबाट केवल पाँच केस मात्र फेला परेकोछ।

तपाईको प्रतिक्रिया