१० फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर चुवाङ शुक क्वानले  आज अपरान्ह  ५:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा १७ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएकी छिन ।जसमा स्थानीय केस रहेकाछ्न।

  स्थानीय केस मध्ये  १३ केस  पुर्व केससंग संबंधित रहेको  छ भने ४ केस स्रोत पहिल्याउन  नसकिने स्रोतबाट आएकाछ्न  । हङकङमा कुल कोरोना केस १०,७११ पुगेकोछ।

आजका नयाँ दर्ता भएका केसमा   १३ वर्ष    देखि ७२ वर्ष बीचका ८ जना पुरुष र ९ जना महिला परेकाछ्न।  ५ वटा केस विभिन्न कम्युनिटी सेन्टरबाट आएका छ्न ।आज २०  वटा प्रारम्भिक पोजेटिभ केस रेकर्ड भएकाछ्न।

गृह मामिला सचिव क्यास्पर चुइले २३ जनवरी देखि अहिलेसम्ममा जम्मा २६ वटा लक डाउन सम्बन्धि कार्वाही भएको र जसबाट १८ वटा केस हात लागेको कुरा बताए ।

बितेको दुई हप्तामा सरकारले जारी गरेको अनिवार्य कोरोना परिक्षण आदेशलाई २३० भन्दा बढीले अवज्ञा गरेको  र सबैलाई जरिवानाको भागिदार बनाइएको उनले बताए।आगामी दिनमा कानुनी कार्वाहीलाई थप कडा गरिनेछ र आज्ञा भंग गर्नेलाई अझ कडाइका साथ कार्वाही गरिनेछ।

कुन तङ ,पो ल्यङ कुक स्थित ओन ताइ रिहेबिलिटेसन सेन्टरका दुई जना कर्मचारीलाई कोरोना पोजिटिभ भएकोछ।

चार जना अज्ञात स्रोतबाट आएकाहरु ठेगाना यसप्रकार छ- १. वाइ लि बिल्डिङ ,क्वारी बे २.लो ओक चुन, पात ह्यङ, युन लङ ३.ओइ वो हाउस , ताइ ओ स्टेट , ताइ पो।

ओइ वो हाउस , ताइ ओ स्टेट,ताइ पो बाट  आज तीन जना पोजेटिभ पुष्टि भएका छ्न। यो भवनको चार वटा युनिटबाट अहिलेसम्ममा पाँच जना संक्रमित भएका छ्न।

आज थप छ वटा भवनमा कोरोना भाइरस भेटिएका कारण तिनलाई अनिवार्य परिक्षण सुचीमा राखिएकोछ। ती हुन १.काम लिङ हाउस ,काम फङ कोर्ट, मा ओन सान २. हुङ फाइ बिल्डिङ,मङ कोक ३.ब्लक -६, जुब्ली गार्डन् , शा तीन ४.ब्लक – ७ , वाम्पो गार्डन्  ५. होइ हार मेन्सन , रिभिएरा गार्डेन चुन वान ६.वा फङ इन्डस्ट्रीयल सेन्टर , क्वाइ चिङ।

तपाईको प्रतिक्रिया