काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले जनताको भावनामाथि खेलाची नगर्न सर्वोच्च अदालत र निर्वाचन आयोगलाई चेतावनी दिएका छन् ।

आज बुधबार राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री केपी ओलीले सत्ताको मातमा निर्वाचन आयोगलाई धम्की दिएको भन्दै त्यसलाई कुनै पनि हालतमा नमान्न पनि चेतावनी दिए ।

दाहालले आफूहरूसँग भएको ७० प्रतिशतको हिसाब नगरी ओलीले भनेको गरे देशले त्यसलाई देख्ने समेत चेतावनी दिए । ‘७० प्रतिशत केन्द्रीय सदस्य एकातिर हुँदाहुँदै हामीले सुरुमै गएर भनेको हो नि केन्द्रीय समिति,’ प्रचण्डको भनाइ छ, ‘हामी हो पार्टी । तीस दिन के दश दिन पनि पुगेको थिएन हामी जाँदा । अनि त्यसलाई हिसाब नगर्ने ? ओलीले गएर धम्क्याउनेबित्तिकै त्यसैलाई हिसाब गर्नुभयो भने तपाईंको खुट्टी पनि देख्छ नेपालले । सजिलो नठान्नु होला । कसैले सजिलो नठाने हुन्छ । नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ ।’

संवैधानिक नियाकायमा पुगेकाहरूले खेलाची गरे देश र जनताले दुःख पाउने उनले चेतावनी समेत दिए ।

दाहालले सर्वोच्च अदालतप्रति पनि टिप्पणी गरे । ‘कतिपले अदालतको अपमान भयो भन्छन्,’ उनले भने, ‘मैले अदालको कहिले पनि अपमान गरेको छैन । मैले भरोसा पनि गरेको छु । मैले भनेको छु, छिटो गर्देउ भनेको छु बरु । गर्ने त्यही हो, छिटो गर । निर्वाचन आयोग पनि खुट्टा नकमाउ । काइते कुराको पछि नलाग मात्रै भन्या न हो हामीले ।’

प्रचण्डले आफ्नो सम्बोधनका क्रममा जीवित मान्छे नै भगवान भएको र अहिले आफूहरु जनताको शरणमा परेको बताए । ‘जीवत मान्छे हाम्रा भगवान हुन्,’ उनले भने, ‘तपाईंको शरणमा हामी छौं । सबै धर्मका आस्थावान जनताप्रति हाम्रो सम्मान छ ।’

May be an image of one or more people, crowd and outdoors

May be an image of one or more people, people walking, people standing, outdoors and crowd

May be an image of one or more people, people standing, crowd and outdoors

May be an image of 5 people and people standing

May be a close-up of 1 person and standing

May be an image of one or more people, people standing, outdoors and crowd

May be an image of one or more people

May be an image of 5 people, people standing, crowd and outdoors

तस्वीरः वर्षा शाह

तपाईको प्रतिक्रिया