समकालीन नेपाली साहित्य र राजनितीको एक गहकिलो व्यक्तित्व लेखक धर्वेन्द्र नेम्बाङ लेखन , विश्लेषण र राजनितिको क्षेत्रमा स्थापित उहाँले पचासको दशकका नेपाली साहित्यमा ‘रंङ्गवाद ‘दुष्टिकोणलाई स्थापित गर्नेमध्ये एक हुनुहुन्छ । साहित्यमा बहुरङ्गवादी चिन्तनलाई आत्मासात गर्ने नेम्वाङको लेखनले सांस्कृतिक अन्तरघुलनको मनोविज्ञानलाई दुष्टिगोचर गरेको पाईनङ। उहाँको ट्राभलिङ फिलोसोफीमा आधारित उपन्यास रातो बाघमा बहुरङ्गवादी दुष्टिकोणलाई महसुुस गर्न सकिन्छ । प्रस्तुत छ साताको तीन कविता ।

सिद्वार्थ ऊ दिनहुँ बुद्व भेटिबस्छ 

एकदिन भनेको एकदिन

उज्यालो हुनु

घाम लागेको हुनु

एकदिन भनेको एकदिन

पानी परेको हुनु

झरी हुनु

तिनै एकदिन मध्येको कुनै दिन

ऊ भनेको जीवनको साँधमा उभेर फाल हान्नु खोज्दै गरेको त्रेता

ऊ भनेको फाल कता पर्ने हो भनेर डिलमा जीउ मर्काउँदै गरेको त्रेता

ऊ भनेको गाँउको घरबाट सहरमा कलेज पढ्नु निस्केको त्रेता

ऊ भनेको कलेजको ब्याक पेपरमा जीवन खोज्दै

गरेको त्रेता

बिनासित्तिको त्रेता,निशुल्क उपभोक्ताजस्तै

गाउँमा खोला- खोल्सा -वनपाखा – रूख- पात वित्रेता

सहरमा डिपार्टमेन्टल स्टोर, पार्क, साधन, भवज विक्रेता त्रेता ऊ, ऊ त्रेता ।

सहरमा घुम्न निस्कनु

सवारी साधनको चाप हुनु

ध्वनि प्रदुषण हुनु

बाटो ओगटेर व्यक्तिहरु ओहोरदोहोर गरिरहनु

ट्याक्सी, ट्याम्पो, माईक्रोबस, बाईक, जीप, पजेरो बुदपरहनु

धुवाँ, धुलो कोलाहल चलिरहनु

वृद्व, महिला, युवा बेरोजगार

मगन्ते, रोगी, असहाय, बिधवा ।

गाउँमा घुम्न निस्कनु ।

दुधिलो, पैयुँ , शिरीष, गोगुन, उत्तिस नाँध्नु

भँगेरा, चिभे, रुपी, चाँचर, ट्यौडा, काग देख्नु

बाटो तलमाथि पातला घरहरु उम्रिएको देख्नु

वृद्ववृद्वा, रोगी, असहाय, दुःखी आदि भेट्नु

खेती, चिया, अलौची, खोला- खोल्सा हेर्नू ।

फर्किदा तिनै दुश्य उल्टिँदै सुल्टिनु ।

 राजनीतिमा

तिमीसँग दिल छ ? छ त सोही देऊ

राजनिती टाउको ,गिदी, जिब्रोको खेल मात्रै हैन भन

अब छाती देखाऊ नखुम्चिने गरि ।

म त परेँ एक दर्शक

आशाश झैँ खुल्ने तिम्रो छातीको ।

लिम्बुवान गाउँ

यहाँदेखि पारिको लिम्बुवान गाउँ

त्यहीँ हो मेरो सोल्टिनीको ठाउँ

पारि भनेको नदीदेखि पारि

पारि भनेको क्षितिजदेखि पारि

पारि भनेको बादलदेखि पारि

पारि भनेको रिमरिम देखिने ठाउँ

पारि भनेको पाारि

लिम्बुवान गाउँमा पनि जीवन छ

र, जगत छ यहाँदेखि पारि

जीवन भनेको अलिअलि ईतिहास हो

जीवन भनेको अलिकति संसकृति हो

जीवन भनेको अलिकति सभ्यता हो

जीवन भनेको अलिकति माटो हो

जीवन भनेको अलिकति पर्यावरण हो ।

प्रिय सोल्टीनीको ठाउँ – ठेगाना लिम्बुवान गाउँ

थर, वडा लिम्बुवान गाउँ ।

त्यही पुगेर सोध्नु !

सौहार्दता, हार्दिकता , आत्मीयता नै उनको अर्को नाउँ

अथवा माया, स्नेह, सदभावना नै उनको अर्को हुलिया

अहिले यतिले उनलाई खोज्दै गर्नु !

अहिले यतिले चिन्दै गर्नु !

अनि म आईनपुगदासम्म

हाक्पारे लयमा नाच्दै गर्नु ।

 

तपाईको प्रतिक्रिया