११फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर चुवाङ शुक क्वानले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा २१ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएकी छिन । जसमा ४ आयातित (२ जना फिलिपिन्सबाट ,१ जना अल्बानियाबाट र एक जना इन्डियाबाट ) र बाकी १७ जना  स्थानीय केस रहेकाछ्न।

  स्थानीय केस मध्ये  १० केस  पुर्व केससंग संबंधित रहेको  छ भने ७ केस स्रोत पहिल्याउन  नसकिने स्रोतबाट आएकाछ्न  । हङकङमा कुल कोरोना केस १०,७३२ पुगेकोछ।

आजका नयाँ दर्ता भएका केसमा   १२ वर्ष    देखि ८४ वर्ष बीचका १० जना पुरुष र ११ जना महिला परेकाछ्न।  ३ वटा केस विभिन्न कम्युनिटी सेन्टरबाट आएका छ्न ।आज १०  वटा प्रारम्भिक पोजेटिभ केस रेकर्ड भएकाछ्न।

आजको २ वटा केस ओइ वो हाउस , ताइ ओ स्टेट ताइ पोबाट आएकाछ्न।  यो क्लस्टरबाट संक्रमित संख्या सात पुगेको छ।हिजो मात्र यहाँबाट ३० जनालाई क्वारेन्टाइनमा लगिएको थियो ।

आज थप नौ वटा भवनलाई  अनिवार्य परिक्षण सुचीमा राखिएकोछ। ती हुन-

१.यिङ मे बिल्डिङ ,६६-७० प्रीन्स एडवार्ड रोड वेस्ट ,मङ कोक

२.का वाइ चुन, ब्लक ३,का लिम लाउ,४६ मा थाउ वाइ रोड, हुङ हाम

३.शेक यी हाउस ,शेक लेइ स्टेट,क्वाइ चिङ

४.फु वु हाउस,वो चे स्टेट, शातिन

५.सान सोइ हाउस , सुइ पिन वाइ स्टेट, युन लङ

६.हिन मिङ कोर्ट , चुङ क्वान ओ

७.फु तीन बिल्डिङ , फु टोर लोइ सन चुन फेज १, ताइ कोक चुइ
८. लाई वो हाउस ,ताइ वो स्टेट, ताइ पो

९.हिन वाह बिल्डिङ,शाम सोइ पो

गत २४ घन्टामा जम्मा २ जना रोगीको निधन भएकोछ। हङकङमा कोभिडबाट सरकारी अस्पतालमा निधन हुनेको संख्या १८५ पुगेको छ।

तपाईको प्रतिक्रिया