१२ फेब्रुअरी २०२१ हङकङ ।क्रान्ति सुब्बा ।

हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर चुवाङ शुक क्वानले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा २४ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएकी छिन । जसमा ६ आयातित (१ जना फिलिपिनो डोमेस्टिक हेल्पर ,२ जना इन्डोनेसियाबाट आएका डोमेस्टिक हेल्पर ,एक जना इन्डियाबाट,एकजना दुबईबाट ,एकजना रशियाबाट ) र बाकी १८ जना  स्थानीय केस रहेकाछ्न।

  स्थानीय केस मध्ये  ९ केस  पुर्व केससंग संबंधित रहेको  छ भने ९ केस स्रोत पहिल्याउन  नसकिने स्रोतबाट आएकाछ्न  । हङकङमा कुल कोरोना केस १०,७५६ पुगेकोछ।

आजका नयाँ दर्ता भएका केसमा   ६ वर्ष    देखि ६८ वर्ष बीचका १० जना पुरुष र १४ जना महिला परेकाछन।आज १०  वटा प्रारम्भिक पोजेटिभ केस रेकर्ड भएकाछ्न।
९ जना अज्ञात स्रोतबाट आएका रोगीहरुको ठेगाना निम्न बमोजिम छ्न ।

१. मिराडोर मेन्सन चिम शा चुइ ( Mirador Mansion , Tsim Sha Tsui)
२. काम लान हाउस ,काम फङ कोर्ट, मा ओन सान ( Kam Lan House , Kam Fung Court , Ma On Shan)

३. फार इष्ट कन्सोर्टियम युन लङ , युन लङ ( Far East Consortium Yuen Long Building  Yuen Long)

४. मेइ यिङ हाउस ,शेक किप मेइ( Mei Ying House in Shek Kip Mei)

५.मुनबिम टेरेस , ब्लक B , काउलुन टङ (Moonbeam Terrace Block B, Kowloon Tong)

६. बेम्बो मेन्सन, ब्लक -2 वाम्पो गार्डन हुङ हाम( Bamboo Mansions, Block 2 , Whampoa Garden  Hung Hom)

७.क्वङ चि हाउस , क्वङ फुक स्टेट, ताइ पो ( Kwong Chi House , Kwong Fuk Estate , Tai Po)

८. फुङ काट ह्यङ , पात ह्यङ (Fung Kat Heung , Pat Heung )

९. साम मुन चाइ , ताइ पो (Sam Mun Tsai , Tai Po)

फुङ काट ह्यङ र साम मुन चाइका दुई भवन बाहेक अरु सात वटा भवन अनिवार्य कोरोना परिक्षणमा जाने भएकाछ्न ।

एकजना ८५ वर्षीय पुरुष जो दिर्घ रोगबाट पीडित थिए को निधन यान चाइ अस्पतालमा आज बिहान ६: ०८ बजे भएकोछ। कोभिड- १९ बाट  मृत्यु हुनेको कुल संख्या हङकङमा १९२ पुगेकोछ।

तपाईको प्रतिक्रिया