काठमाडौं । महिला हिंसालगायतका घटनाको विरोध गर्दै काठमाडौंमा महिला मार्चको आयोजना गरिएको छ । बृहत नागरिक आन्दोलनको अगुवाईमा सिंहदरबारमा शुक्रबार महिला मार्च भएको हो । बसन्तपुरबाट सुरु भएको मार्च रत्नपार्क हुँदै सिंहदरबार पुगेका टुंगिएको थियो ।

कालो कपडा लगाएर महिलाहरु मार्चमा सहभागि भएका थिए । उनीहरुले बलात्कार खुलेआम बलात्कृत गुमनाम, ए हजुर एउटा प्रश्न सोध्न पाइन्छ, हामीलाई स्वास फेर्न कसको अनुमति चाहिन्छ ? जस्ता नारा लगाएका छन् ।

‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ नामको ब्यानरमा प्रदर्शनमा उत्रिएका उनीहरूले महिला हिंसा बन्द गर्न, बलात्कारीलाई सजाय दिन, हत्यारा पहिचान गरी कारबाही गर्न माग गरे । विरोध प्रदर्शनका क्रममा हरेक दिन प्रतिगमन भएको भन्दै हिंसा र प्रतिगमन रोक्न माग गरेका छन् । कार्यक्रममा जनता समाजवादी पार्टीकी नेतृ एवं पूर्वमन्त्री हिसिला यमी, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी लगायत सहभागी थिए ।

मार्चमा सहभागीहरूले प्रतिकात्मक रूपमा शवयात्रा पनि गरेका थिए । टाउकोमा सेतो कपडा बेरेर सेतो धोती लगाएका केही युवाहरूले प्रतिकात्मक शवलाई बोकेर शवयात्रा गरेका थिए ।

तपाईको प्रतिक्रिया