१३ जनवरी २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर चुवाङ शुक क्वानले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा १२ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएकी छिन । जसमा २ आयातित (१ जना फिलिपिनो डोमेस्टिक हेल्पर र एकजना दुबईबाट आएका यात्रु) र बाकी १० जना  स्थानीय केस रहेकाछ्न।

  स्थानीय केस मध्ये ८ केस पुर्व केससंग संबंधित रहेको  छ भने २ केस स्रोत पहिल्याउन  नसकिने स्रोतबाट आएकाछ्न  । हङकङमा कुल कोरोना केस १०,७६८ पुगेकोछ।

आजका नयाँ दर्ता भएका केसमा   २९ वर्ष    देखि ७७ वर्ष बीचका ३ जना पुरुष र ९ जना महिला परेकाछन।

अज्ञात स्रोतबाट आएका २ जना रोगीको वतन निम्न बमोजिम छ्न ।१. केलि मेन्सन, २२ यक वाह क्रेसन्ट ,चि वान सान  २. २८६, शांघाइ स्ट्रीट  मङ कोक

तपशिलका भवनहरु अनिवार्य कोरोना परिक्षणमा जाने भएकाछ्न १.लुङ वा बिल्डिङ ,४६-६२ चुन लुङ स्ट्रीट, चुन वान २.चि शा चुइ मेन्सन,८३-९७ नाथन रोड, चि शा चुइ

तपाईको प्रतिक्रिया