१४ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर अल्बर्ट आउले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा १२ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएका छन । जसमा २ आयातित (१ जना टर्कीबाट आएका क्याबिन क्रीउ मेम्बर (केस नम्बर १०७६९) र एकजना इन्डोनेसियन डोमेस्टिक हेल्पर ( केस नम्बर १०७७३)) बाकी १० जना  स्थानीय केस रहेकाछ्न।

  स्थानीय केस मध्ये ७ केस पुर्व केससंग संबंधित रहेको  छ भने ३ केस स्रोत पहिल्याउन  नसकिने स्रोतबाट आएकाछ्न  । हङकङमा कुल कोरोना केस १०,७८० पुगेकोछ।

आजका नयाँ दर्ता भएका केसमा   २५ वर्ष    देखि ८३ वर्ष बीचका ५ जना पुरुष र ७ जना महिला परेकाछन। ४ केस कम्युनिटी टेस्टिङ सेन्टरबाट आएकाछ्न। करिब १० जना प्रारम्भिक पोजिटिभ दर्ता भएकाछ्न।
१  जना ७९ वर्षीया प्रारम्भिक पोजेटिभ  महिला मा थाउ वाइ रोडमा पर्ने भवनबाट आएकी हुन। यो भवन संग संबंधित केसको संख्या ५ पुगेको छ।
अस्ति नै अल्बानियाबाट आएका २६ वर्षीय पुरुष कोरोना भाइरसको बेलायती संस्करण ( british variant N501Y)बाट संक्रमित भएकाछ्न। कोरोना भाइरसको रुपान्तरित बेलायती स्वरुपबाट पीडित रोगीको संख्या २२ पुगेको छ।

अज्ञात स्रोतबाट आएका ३ जना रोगीको वतन निम्न बमोजिम छ्न ।१. स्याडल रिज गार्डन, मा ओन सान
यी रोगी आरटिएचके रेडियोमा काम गर्ने ३५ वर्षीय हेयर स्टाइलिस्ट हुन । उनी बस्ने भवन अनिवार्य कोरोना परिक्षण सुचीमा परिसकेको छ। उनी फेब्रुअरी ९  देखि ११ तारीख काममा गएका थिए । त्यहाँ काम गर्ने २० जना भन्दा बढी स्टाफ र आगन्तुकहरुलाई निकटवर्ती संसर्ग सुचीमा राखिएकोछ।
२. ब्लक A,पो सिङ सेन्टर ,१ ता चुन स्ट्रीट, शेक लेइ, क्वाइ चुङ। यस भवनमा बस्ने ३२ वर्षकी नारी युन लङ स्थित कार्यलयमा क्लर्क काम गर्छिन । उनी काम गर्ने कम्पनीका १० जना भन्दा बढी स्टाफलाई निकटवर्ती संसर्ग सुची ( क्लोज कन्ट्याक्ट् लिस्ट )मा राखिसकिएकोछ। उनी बस्ने भवन पनि अनिवार्य परिक्षण सुचीमा दर्ता भैसकेको छ।

मिराडोर मेन्सन , ५४-५६B नाथन रोड, चिम शा चुइ क्लस्टरबाट ३ वटा केस आएकाछ्न।
२ वटा केस चि वान शानबाट आएकोछ।

तपाईको प्रतिक्रिया