१५ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर अल्बर्ट आउले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ९ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएका छन । जसमा ५ आयातित बाकी ४ जना  स्थानीय केस रहेकाछ्न।

  स्थानीय केस मध्ये १ केस पुर्व केससंग संबंधित रहेको  छ भने ३ केस स्रोत पहिल्याउन  नसकिने स्रोतबाट आएकाछ्न  । हङकङमा कुल कोरोना केस १०,७८९ पुगेकोछ।

आजका नयाँ दर्ता भएका केसमा   २५ वर्ष    देखि ७५ वर्ष बीचका ३ जना पुरुष र ६ जना महिला परेकाछन। १ केस कम्युनिटी टेस्टिङ सेन्टरबाट आएकोछ। दुई महिना पछि बल्ल दैनिक केस घटेर सिंगल अङ्कमा पुगेको छ।
१० जना भन्दा कम  प्रारम्भिक पोजिटिभ केस दर्ता भएकाछ्न।
आयातित केस अन्तर्गत २ जना इन्डोनेसियन डोमेस्टिक हेल्पर परेकी छ्न  र १ जना फिलिपिनो डोमेस्टिक हेल्पर परेकी छिन जो भाइरसको नयाँ नश्ल N501Y बाट  संक्रमित छिन । अन्य आयातितमा एकजना पोल्यान्डबाट फर्किएका एकजना भारतबाट आएका पानीजहाजमा काम गर्ने मानिस परेकाछ्न।
हिजो पोजिटिभ पुष्टि भएका क्याबिन क्रीउ मेम्बर कोरोना भाइरसको नयाँ नश्ल N501Y बाट संक्रमित भएको पत्ता लागेकोछ आज। यो भेरिएन्ट बाट संक्रमित संख्या १० पुगेको छ।
३ जना अज्ञात स्रोतबाट आएका स्थानीय केसको विवरण यस प्रकार छ।

१.७९ वर्षीय महिला । ठेगाना : का हिम लाउ,का वाइ चुन, ४६ मा थाउ वाइ रोड,ताइ वान , हुङ हाम।

२.३४ वर्षीय पुरुष जो सोप नम्बर TM4-002, याता डिपार्टमेन्ट स्टोर ,G/F, व सिटि ,८३ चुन मुन हेङ जि वुइ रोड, चुन मुन स्थित व्यालेन्सिया बेकरी एन्ड क्याफेमा बेकर रूपमा काम गर्दछ्न। उनको वतन रहेकोछ चुङ कि हाउस ,तीन चुङ कोर्ट , तीन शोइ वाइ। बेकरी दोकान १४ दिनको लागि बन्द गरिने भएकोछ।

३. एकजना क्लर्क जो ५९-६५ क्युइन्स रोड सेन्ट्रलमा काम गर्दछ्न। ऊनी ब्लक २६, हेङ फा चुनमा बस्छ्न।

तपाईको प्रतिक्रिया