१६ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङमा कोरोना भाइरस केस आज पनि एकल अंकमा सिमित रहेकोछ। एकल अंक कोरोना भाइरस केस रहेको आज दोस्रो दिन हो। आज आएका जम्मा  ८ केसमा ६ वटा केस स्थानीय रहेकाछ्न भने २ जना आयातित रहेकाछ्न।
हङकङमा कुल कोरोना संख्या १०,७९७ पुगेकोछ।
संक्रमित ८ जनामा ८ देखि ८९ वर्षका २ पुरुष र ६ जना महिला रहेकाछ्न।
दुई जना आयातित केस फिलिपिन्सबाट आएका परेकाछ्न।

अज्ञात स्रोतबाट तीन केस आएकाछ्न जसभित्र एकजना फायरफाइटर, एकजना गृहिणी र एकजना ८ वर्षीया वालिका परेकी छिन।

५३ वर्षीय सिनियर फायरमेन जो क्वाइ चोङ फायर स्टेशनमा काम गर्दथे । उनमा फेब्रुअरी ४ तारीख टाउको दुख्ने ,खोकी चल्ने र घाटी दुख्ने लक्षण देखा परेको थियोे ।

स्वस्थ रक्षण केन्द्रले दिएको जानकारी अनुसार उनले काउन्टरबाट किनेको औसधि खादै करिब एक हप्ता सम्म काम गएका थिए ।
अन्तमा उनी उपचारका लागि पोक ओइ अस्पताल गएका थिए जहाँ उनलाई पोजिटिभ पुष्टि भएको थियोे ।

३९ वर्षीय गृहिणीलाई गत मंगलबार ज्वरो आउने र टाउको दुख्ने लक्षण देखापरेको थियोे र उपचारको लागि गत शनिबार सामान्य आउट प्यासेन्ट क्लिनिक गएकी थिइन।

८ वर्षकी विद्यार्थी क्वाइ चिङको पब्लिक हाउजिङ स्टेट्मा बस्थिन । तर उनमा भने कुनै लक्षण देखिएको थिएन।

आज करिब २० जना प्रारम्भिक पोजिटिभ देखा परेकोछ।

स्वास्थ मन्त्री सोफिया च्यानले लामो बिदा पछि कोरोना संक्रमण बढ्ने संभावना उत्तिकै रहेकोले सबैले सतर्कता अपनाउनु जरुरी छ भनेकी छिन।

तपाईको प्रतिक्रिया