काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी बहसमा एमिकस क्युरीका तर्फबाट बोल्दै वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले प्रतिनिधिसभा विघटन राजनीतिक नभई असंवैधानिक कदम भएको जिकिर गरेका छन् ।

उनले सर्वोच्च अदालतले प्रतिनिधि विघटन असंवैधानिक नै भएको घोषणा गर्नुपर्नेमा जोड दिए । उनले भने– हामीले मानेको प्रणाली भनेको संसदीय सर्वोच्चता नभएर संविधानको सर्वोच्चता हो। संसदीय व्यवस्था हुनेबित्तिकै प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछन् भन्नु सही होइन ।
वरिष्ठ अधिवक्ता खरेलले संसद् पुनःस्थापना गर्नुपर्नेमा जोड दिए । उनले पुनःस्थापना नभएमा झन् अस्थिरता आउने बताए । ुसंसद् पुनस्स्थापनाले अस्थिरता ल्याउँछ भन्ने मलाई लाग्दैन ।ु

राजनीतिको केन्द्रमा अहिलेको पुस्ता रहेसम्म फरक नहुने तर विघटन सदर भएमा झन् अस्थिरता हुने उनको भनाइ थियो । पुस्तान्तरण भयो भने राजनीतिमा फरक अवस्था आउने उनको विश्वास थियो । ुसंसद् पुनःस्थापनाको विकल्प छैन । होइन भने यो प्रणाली ध्वस्त हुने सँघारमा छ र एउटा कम्पन हामी पनि दिउँ भन्नु हुन्छ भने विकल्प श्रीमानहरूको सामु छ ।ु

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन संवैधानिक नभई राजनीतिक भएको जवाफ पेश गरेका थिए ।

तपाईको प्रतिक्रिया