काठमाडौं । यस वर्षको ‘कृष्णप्रसाद भट्टराई पत्रकारिता पुरस्कार’ महासङ्घका पूर्वअध्यक्ष डा. सुरेश आचार्यलाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि एक लाख रुपैयाँ छ ।

नेपाली पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको २६ औँ महाधिवेशनका अवसरमा फागुन ५ गते काठमाडौंमा आयोजित कार्यक्रममा यो पुरस्कार प्रदान गरिएको हो ।

त्यसैगरी ‘गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कार’ नेपाल टेलिभिजनका पुष्पहरि क्याम्पा राईलाई प्रदान गरिएको तथा ‘कृष्णसेन इच्छुक राष्ट्रिय पत्रकारिता पुरस्कार’ दलित पत्रकार सङ्घका अध्यक्ष पहाडीलाई प्रदान गरिएको छ ।

ती पुरस्कारको राशि रु जनही ५० हजार छ ।

‘मदरल्याण्ड युएसए लैङ्गिक समानता पत्रकारिता पुरस्कार’ गणेश लम्साल, लोग्शरी कुँवर र कमला पाख्रिनलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु ४० हजार छ ।

त्यसैगरी ‘उमासिंह राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकार शिल्पा कर्ण र मन्दिरा थापालाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु दश हजार छ । जनही रु दश हजार राशिको ‘गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार’ रामभगत शाह र मुना हमाललाई प्रदान गरिएको छ ।

‘श्रीमती रत्नकेशरी राजभण्डारी कृष्ण स्मृति पत्रकारिता पुरस्कार’ राष्ट्रिय समाचार समिति ९रासस० का पूर्वमहाप्रबन्धक श्रीरामसिंह बस्नेतलाई प्रदान गरिएको छ । ती पुरस्कारको राशि रु दश हजार १११ छ ।

महासङ्घले यस वर्षको ‘उत्कृष्ट कर्मचारी पुरस्कार’ महासङ्घका कर्मचारी सुुुस्मिता भेटवाललाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु दश हजार छ । पत्रकार ईश्वरी बराल, भगवती थापा र फातिमा बानुलगायत ३७ पत्रकारलाई ‘कोरोना सङ्क्रमण विपद् पत्रकारिता पुरस्कार–२०७७’ प्रदान गरिएको छ ।

‘प्रेस स्वतन्त्रताको आधारः सुरक्षित र व्यावसायिक पत्रकारिता’ भन्ने मूल नारासहित शुरु भएको महाधिवेशनको बन्दसत्रमा नेपालको पत्रकारिता, पत्रकारको पेशागत हक, पत्रकारसँग सम्बन्धित ऐन, कानून र पत्रकारिता क्षेत्रले राष्ट्रलाई पु¥याउन सक्ने योगदानबारे छलफल हुने अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए ।

पत्रकारलाई सङ्गठित गरी व्यावसायिक नेतृत्व प्रदान गर्दै उनीहरुको हक–अधिकार प्रवद्र्धन गर्ने महासङ्घमा पत्रपत्रिका, रेडियो, टिभी, अनलाइन र स्वतन्त्र गरी करीब १३ हजार पत्रकार आबद्ध छन् ।

तपाईको प्रतिक्रिया