१८ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङमा कोरोना भाइरस केस आज पनि एकल अंकमा सिमित रहेकोछ। । आज आएका जम्मा  ८ केसमा  सबै  स्थानीय रहेकाछ्न ।

हङकङमा कुल कोरोना संख्या १०,८२१पुगेकोछ।
संक्रमित ८ जनामा ३ देखि ८९ वर्ष बीचका ३ पुरुष र ५ जना महिला रहेकाछ्न।

आज देखा परेका ८ स्थानीय केस मध्ये ५ वटा केसको सम्बन्ध पुर्ब केससंग रहेकोछ भने ३ वटा केस अज्ञात स्रोतबाट आएकोछ।

तीन अज्ञात स्रोतबाट कोरोना पीडित भएका रोगीको  वतन निम्न बमोजिम रहेकोछ।
१.८८ स्क्वायर ,ताइ पो
२.शुङ ताक बिल्डिङ,साम सोइ पो
३.साउ चिङ हाउस , साउ माउ पिङ स्टेट ।
यी तीन वटै भवन अनिवार्य कोरोना परिक्षण सुचीमा जाने भएकोछ।
यी अज्ञात स्रोतवाला केसमा दुई जना गृहिणी र एक जना कुन तङ स्थित  वृद्ध आश्रममा काम गर्ने व्यक्ति परेका छ्न।

तपाईको प्रतिक्रिया