१८ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा ।

चीनले बनाएको साइनोभ्याक कोभिड खोप हङकङमा यही फेब्रुअरी २६ तारीखबाट वितरण हुने र जसको लागि नाम दर्ता गर्ने प्रक्रिया २३ फेब्रुअरी मंगलबारबाट शुरु हुने कुरा जनकल्याण मन्त्री पेट्रीक निपले भनेकाछ्न।

भ्याक्सिन प्राप्त गर्ने प्राथमिकताको पाँच समूह किटान गरिएको छ । जुन सुचीमा ज्येष्ठ नागरिक , मेडिकल स्टाफ, वृद्ध तथा अपांग आश्रममा काम गर्ने कर्मचारी , सिमाना वारिपारी गरिरहनु पर्ने सवारी चालक ,पोर्ट र बोर्डरमा काम गर्ने व्यक्ति , पब्लिक र प्राइभेट सेक्टरमा काम गर्ने  फ्रन्ट लाइन स्टाफ जस्तै क्लिनर,यातायातमा काम गर्ने व्यक्ति ,प्रहरी , पोस्टमेन,विमानस्थलमा काम गर्ने स्टाफ पर्दछ्न।

६० या ६० वर्ष नाघेका नागरिक प्राथमिकताको सुची परेकाछ्न ।७० या ७० नाघेका नागरिकका साथमा रहने दुई जना सम्म सुसारेले पनि सुइ लाउन पाउनेछ्न।

प्राथमिकता समुहमा परेका नागरिकले यहि फेब्रुअरी २३ बाट खोपको लागि बुकिङ गर्न सक्नेछ्न अन्लाईन वेबसाइट मार्फत ( designated website)

कोभिड खोप सर्वप्रथम पाँच विभिन्न कम्युनिटी भ्याक्सिनेसन सेन्टर र १८ वटा पब्लिक क्लिनिकबाट वितरण हुनेछ। त्यसपछि मार्चको शुरूवातबाट करिब १,२०० डाक्टरहरु यस अभियानमा सामेल हुनेछ्न।


जनकल्याण मन्त्री निपका अनुसार चार वटा च्यानल मार्फत खोप वितरण गरिनेछ जसभित्र २९ वटा कम्युनिटी भ्याक्सिनेसन सेन्टर ,१,५०० भन्दा बढी प्राइभेट क्लिनिक ,१८ पब्लिक क्लिनिक र केयर होम पर्दछ्न।

” २९ वटा कम्युनिटी भ्याक्सिनेसन सेन्टर मध्येमा २४ वटामा वायोएन्टेक ज्याब र बाकी पाँच वटामा साइनोभ्याक ज्याब वितरण गरिनेछ” निपले भने।

तपाईको प्रतिक्रिया