१८ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङकि कार्यकारी प्रमुख क्यारी लाम चेङ युत-ङोरले चीनद्वारा उत्पादित साइनोभ्याक कोरोना खोप लगाउने कुरा सामाजिक संजाल मार्फत अभिव्यक्त गरेकिछिन।

उनले आफ्नो फेसबुक पोस्टमा हङकङमा आउदै गरेको पहिलो भ्याक्सिन लगाउने कुरा केहि समय अघि लेखेकी थिइन जसलाई प्रयोगको लागि स्वीकृति दिइसकिएकोछ।

हङकङमा साइनोभ्याक भ्याक्सिन भोलि दिउँसो आउने अपेक्षा गरिएको छ भने वायोएन्टेक भ्याक्सिन यो महिनाको अन्ततिर आउने भएकोछ।

उनले सम्पुर्ण नागरिकलाई लिभहोमसेफ ( LeaveHomeSafe) भन्ने एप प्रयोग गर्न अनुरोध गरेकिछिन। यो कन्ट्याक ट्रेसिङ एप प्रयोग गर्न सुरक्षित छ र यो प्रयोग गर्दा कसैको पनि गोपनियता भंग नहुने कुरा बताएकी छिन।

यो एप दस लाख चोटि भन्दा बढी डाउनलोड भैसकेको कुरा उनले बताएकिछिन।

तपाईको प्रतिक्रिया