१९ फेब्रुअरी २०२१ हङकङ ।क्रान्ति सुब्बा ।

हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर अल्बर्ट आउले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा १३ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएका छन । जसमा १आयातित ( ३६ वर्षीय इन्डोनेसियन महिला ) र बाकी १२ जना  स्थानीय केस रहेकाछ्न।

  स्थानीय केस मध्ये ४ केस पुर्व केससंग संबंधित रहेको  छ भने ८ केस स्रोत पहिल्याउन  नसकिने स्रोतबाट आएकाछ्न  । हङकङमा कुल कोरोना केस १०,८३४ पुगेकोछ।

आजका नयाँ दर्ता भएका केसमा   १४ वर्ष  देखि  ५०  वर्ष बीचका ५ जना पुरुष र ८ जना महिला परेकाछन। ३ केस कम्युनिटी टेस्टिङ सेन्टरबाट आएकाछ्न।

१० जना भन्दा बढी   प्रारम्भिक पोजिटिभ केस दर्ता भएकाछ्न जसमा ४ जना अज्ञात स्रोतबाट  परेकाछ्न।

आज संक्रमित हुनेमा तीन जना रेस्टुरेन्टमा काम गर्ने स्टाफ परेकाछ्न। ती मध्येमा एक  हुन रामेन कुरेहाका सेफ । यो रेस्टुरेन्टको ठेगाना हो- सोप-B, G/F, २०-२२ वुन शा स्ट्रीट, ताइ हाङ।
१ लाउ सिन स्ट्रीट, कजवे बे स्थित  रोयल लिजेन्ड रेस्टुरेन्टमा काम गर्ने ३६ वर्षकी महिला संक्रमित भएकिछिन।
३०-३२ कनट रोड , सेन्ट्रल स्थित म्याक्डोनाल्डका एक सेफ संक्रमित भएकाछ्न।
कुङ लोक रोड, कुन तङ  स्थित बुद्विस्ट सम मा शुइ यिङ केयर एन्ड एटेन्सन होम फर द एल्डरलीको चार तलामा काम गर्ने एक महिला संक्रमित भएकी छिन। चार तलामा बस्ने ५२ जना बासिन्दा र १८ जना कर्मचारी सबै जनालाई क्वारेन्टाइन र परिक्षण गर्न लगिएको छ।
साउ केइ वानको होस्टेलमा बसेर स्कुल पढ्ने एक १४ वर्षको बालक पनि संक्रमित भएकाछ्न। उनी बस्ने होस्टेलका १५ जना क्लोज कन्ट्याक्ट् लिस्टमा परेकाछ्न। त्यहाका सबै विद्यार्थी र स्टाफ परिक्षणमा जाने प्रबन्ध भैसकेको छ।

तपाईको प्रतिक्रिया