२० फेब्रुअरी २०२१ । हङकङ । क्रान्ति सुब्बा ।

साइनोभ्याक कम्पनीद्वारा चीनमा बनिएको पहिलो ब्याचको दस लाख थान कोभिड- १९ भ्याक्सिन १९ तारीख शुक्रबार करिब ५:३० बजे तिर हङकङको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

जनकल्याण मन्त्री पेट्रीक निप र खाद्य तथा स्वास्थ मन्त्री सोफिया च्यान भ्याक्सिन अवतरण प्रक्रियालाई निरिक्षण गर्न उपस्थित भएका थिए ।

महामारी बिरुद्ध यो शहर लडिरहेको बेला आजको दिन हङकङमा साइनोभ्याक भ्याक्सिन आउनु भनेको एउटा कोषेढुंगा पार गरे सरह हो भनेर च्यानले भनिन।

” हाम्रो भ्याक्सिनेसन प्रोग्राममा सबै हङकङवासीले खोप ग्रहण गरेर साथ दिन्छन् भन्ने आशा मैले लिएकोछु। जति धेरैले खोप लिन्छन् उति धेरै हाम्रो समाज राम्रो हुदै जान्छ।” उनले भनिन।

सोमबारको दिन भ्याक्सिन सार्वजनिक हुनु पुर्ब कार्यकारी प्रमुख क्यारी लाम र उनको उच्च सरकारी समूहले सर्वप्रथम भ्याक्सिन लाउने भएकाछ्न।

तपाईको प्रतिक्रिया