२० फेब्रुअरी २०२१ हङकङ ।क्रान्ति सुब्बा ।

हङकङमा कोरोना संक्रमण तुलनात्मक हिसाबले हेर्दा नियन्त्रण उन्मुख नै देखिन्छ । फेब्रुअरी १८ तारीख बिहीबारबाट सामाजिक दुरि सम्बन्धि नियमलाइ पनि खुकुलो बनाइएको छ।सिनेमा घर देखि फिट्नेस सेन्टरहरु आफ्नो नियमित व्यावसायिक जिवनमा फर्किसकेका छ्न।चीनिया नयाँ वर्ष अर्थात लुनार नयाँ वर्ष भर्खरै सकिएको छ। चीनिया नयाँ वर्षको विदामा स्वाभाविक रुपमा मानिसको जमघट बढ्यो नै।के मानिसको जमघट बढे संगै संक्रमण पनि बढ्यो होला त?

भाइरसलाई गर्भाधान हुन कम्तीमा १४ दिन लाग्ने भएकोले चीनिया नयाँ वर्षको अबधिमा कोरोना केस बढेको छ छैन हेर्न एक देखि २ हप्ता हेर्नु पर्छ भनेकाछ्न प्रोफेसर डेभिड हुइले जो सरकारको सल्लाहकार तथा चाइनिज युनिभर्सिटी स्वासप्रस्वास प्रणाली बिभागका अध्यक्ष हुन।

कोरोना पुष्टि केस संख्या निरन्तर रूपमा नबढेको स्थिति रहेमा सामाजिक दुरि सम्बन्धि नियमलाइ अझ खुकुलो बनाउन सकिन्छ भनेका छ्न हुइले।

आजको हङकङ कोरोना केस पुष्ठि संख्या १५ रहेकोछ जसमा १० जना स्थानीय र ५ जना आयातित रहेकाछ्न। हङकङमा कुल कोरोना केस १०,८४९ पुगेको छ।

स्थानीय केस मध्ये ४ जनालाई कताबाट कोरोना संक्रमण भएको हो पत्ता लाग्न नसकेको स्थिति छ।

अज्ञात स्रोतबाट आएको पहिलो केसमा ७० वर्षीया महिला (केस नम्बर १०८३५) परेकी छिन जसलाई फेब्रुअरी १३ तारीख खोकी लाग्ने र ज्वरो आउने लक्षण देखा परेको थियोे र १७ तारीख डाक्टरलाई देखाएकी थिइन । १८ तारीख उनलाई कोरोना पोजिटिभ पुष्टि भएको हो।

दोस्रो अज्ञात केसमा २९ वर्षीय पुरुष परेका छ्न जसले ११ तारीख स्वाद गुमाएका थिए । १८ तारीखको परिक्षणबाट उनमा पोजिटिभ देखिएको हो। ऊनी एक ट्याक्सी चालक हुन ।

तेस्रो अज्ञात स्रोतबाट आएको केसमा एक ४२ वर्षीय पुरुष पेशाले प्राइभेट डाक्टर परेकाछ्न जो लक्षणहिन थिए । १६ तारीख उनमा कोरोना पुष्टि भएको हो।

चौथो अज्ञात स्रोतबाट आएको केसमा ५१ वर्षीया लक्षणहिन लक्षण भएकी गृहिणी महिला परेकी छिन । फेब्रुअरी १७ तारीख कम्युनिटी टेस्टिङ सेन्टरमा परिक्षण गर्दा पोजिटिभ पुष्टि भएको हो।

गत १४ दिनाको अवधिमा (६ देखि १९ फेब्रुअरी )जम्मा २४४ केस दर्ता भएकाछ्न जसमा २०३ स्थानीय केस र ७५ अज्ञात स्रोतबाट आएका परेकाछन।

आजको दिन दिउँसो दुई बजे तिर शा तिनको ङान सिङ स्ट्रीट र पाक ताक स्ट्रीटमा गैरकानुनी ढंगले भेला भएको जमातलाई प्रहरीले प्रारम्भमा भेला नहुन मौखिक चेतावनी दिएको थियो । तर उक्त भिड नहटेपछी प्रहरीले १६ वर्ष देखि ३७ वर्ष बीचका १ पुरुष र ६ महिलाहरूलाई फिक्स जरिवाना दिएको छ।

तपाईको प्रतिक्रिया