क्रान्ति सुब्बा

हङकङका मिडिया टाइकुन  जिमि लाई पुन: जेल भित्रबाटै पक्राउ परेका थिए फेब्रुअरी १६ तारीख मंगलबार । गत साल हङकङ छोडेर समुद्र मार्गबाट फरार हुदा १२  जनालाई चीनले समातेको थियोे र ती १२ जना राजद्रोही मध्ये एकलाई भाग्न सहयोग गरेको शंकामा  उनलाई  पक्राउ गरिएको हो।

बिहीवार हुने आफ्नो जमानत संबंधी सुनवाइलाई   पर्खेर हङकङको स्टेनली जेलमा जिमि लाई  बसेका थिए ।बेजिङले गत साल हङकङमाथि लागू गरेको व्यापक राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत विदेशी शक्तिसंग साँठगाठ गरेको अभियोगमा उनी स्टेनली जेलमा बन्दी रहेको अवस्थामा नै पक्राउ परेका थिए ।

१७ तारीख बुधबार एक २९ वर्षीय पुरुषलाई अभियोग लाग्छ विदेशी शक्तिसंग साठगाठ गर्न कसैलाई सहयोग गरेकोमा । विदेशी शक्तिसंग साठगाठ भएको प्रमाणित भएमा हङकङको राष्ट्रिय सुरक्षा कानुन उलंघन भएको ठहरिनेछ र सजाय आजिवन कारावास सम्म हुन सक्दछ।

ती व्यक्ति थिए चान चि वाह जसले गत वर्षको अगस्टमा डेमोक्रेटिक  एक्टिभिस्ट एन्डि लीलाई हङकङबाट ताइवान भागेर जानलाई आर्थिक सहयोग र आश्रय दिएका थिए भन्ने आरोप छ। एपल डेलिको रिपोर्ट अनुसार चानलाई प्रहरीले पहिलो चोटि अक्टोबरमा पक्राउ गरेको थियोे ।

सुपुर्दगी विधेयक विरुद्धको आन्दोलनमा भाग लिने १२ जना मध्ये  एक सकृय एक्टिभिस्ट हुन लि । हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागु भएपछि प्रजातन्त्र समर्थक सबै आन्दोलनकारीहरुलाइ राजकाज अपराधमा मुद्दा चलाइने स्थिति सिर्जना भयो। आन्दोलनकारीहरु धमाधम हङकङबाट पलायन हुन थाले। यसै मेसोमा १२ जना आन्दोलनकारीहरु स्पिड बोटमा चढेर ताइवान तिर भाग्दा अगस्ट २३ मा चीनिया कोस्ट गार्डद्वारा पक्राउ परेका थिए । पक्राउ परे पश्चात् उनिहरु माथि गैरकानुनी रूपमा चीनिया पानीमा प्रवेश गरेको मुद्दा लागेको थियोे ।
डिसेम्बरमा ती मध्येका दश जना भगौडालाइ चीनको सेन्जेन अदालतले सात देखि तीन वर्षसम्मको सजाय सुनाएको थियोे भने २ जना नावालिगलाई हङकङ फर्काइदिएको थियोे । हङकङ प्रहरीले हङकङबाट पलायन हुन खोजेका जम्मा २० जनालाई त्यसबेला पक्राउ गरेको थियोे ।

बिहीबारको सुनवाइमा जिमि लाईको जमानत सम्बन्धि परेको पेशीलाई सर्वोच्च अदालतले अस्विकार गरि जमानत हुन नसक्ने निर्णय गरेकोछ।

नेक्स्ट डिजिटल मिडिया ग्रुप र एप्पल डेलि समाचार पत्रीकाका संस्थापक ७३ वर्षका जिमि लाईले ६८ दिन कारागारमा बिताइसकेका थिए १८ फेब्रुअरी सम्ममा र अझै उनले हिरासतमा बस्नु पर्ने अवस्था छ।

जब २०१९ सालमा हङकङ सामाजिक अशान्तिबाट गुज्रिएको थियोे त्यसबेला सरकारले सार्वजनिक स्थलमा सभा जूलूस गर्न मनाही गरेको थियो ।  सरकारको आदेशलाई उलंघन गर्दै सभाजुलुसमा भाग लिएको कसुरमा जिमि लाई पनि पक्राउ परेका थिए र तेहि मुद्दाको तहकिकात नसकिन्जेल उनी अझै हिरासतमा बस्नु पर्ने स्थिति छ।

अगस्ट महिनामा करिब २०० जना प्रहरीले उनको एपल डेलि पत्रीकाको कार्यलयमा छापा मार्दा उनी पक्राउ परेका थिए ।

अनधिकृतरूपमा भेला भएको अपराध बाहेक अरु आठ वटा आरोप उनिमाथि लागेको छ जस मध्ये छ वटा  हङकङमाथी बेजिङले लागु गरेको राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत रहेकाछ्न।
बिहीबार जिमि लाई प्रधान न्यायाधीश  एन्थिया पाङ पो काम समक्ष आफ्नो जमानतबारे भएको दोस्रो पुनरावलोकन बहसमा खडा भएका थिए ।

न्यायाधीश पाङलाइ क्यारी लाम स्वयंले यो सुरक्षा कानुनको उचित व्याख्या गर्न सक्ने व्यक्तित्वको रूपमा नियुक्त दिएकी हुन।
यदि उनलाई अहिले छोडियो भने उनले पुनः राष्ट्रिय सुरक्षामा खलल पुर्याउने कार्य नगर्लान भन्ने यथेष्ट प्रमाण नभएका कारण  जिमि लाईको जमानत सम्बन्धि निवेदनलाई  अस्वीकार गरेको हो भनिन न्यायाधीश पाङ्ले।

मिडिया मुगल जिमि लाई नै एउटा यस्तो पहिलो व्यक्ति थिए  जो  सुरक्षा कानुन उलंघनको अभियोगमा थुनिएर पनि  जमानतमा छुटेका थिए एक पटक ।
सर्वोच्च अदालतको न्यायाधीश आलेक्स लि वान – ताङको इजलासले उनलाई डिसेम्बर २३ तारीख हङकङ डलर एक करोड धरौटीमा रिहा गरिदिएको थियोे । तर त्यो रिहाई घरमै नजरबन्द बस्नु पर्ने र अन्य बिशेष  शर्तहरु सहितका थिए ।

जमानतबाट उनले छुटकारा पाएपछि राज्यद्वारा संचालित चीनको राष्ट्रिय मिडियाले यस कृत्यप्रति घोर आक्रोश प्रकट गर्‍यो र यस्तै पारा हो भने चीनले यो केसलाइ जिम्मा लिने चेतावनी समेत दिएको थियो ।

नभन्दै टाइकुन लाइको छुटकारा  लामो समय सम्म टिकेन। हङकङको पुनरावेदन अदालतले न्यायाधीश लीद्वारा भएको जमानतसम्बन्धि फैसलालाई चुनौती दिने अनुमति दियो र लाईलाई पुन हिरासतमा लिन आदेश दियो नयाँ वर्षको पुर्व संध्यामा  र अहिले आएर फेरि हालेको जमानतमा छुट्न पाउँ भन्ने निवेदन पनि रद्द भएकोछ।

त्यसो त न्यायाधीश लि समक्ष केस आउनु पुर्ब नै दुई चोटि उनको बेल सम्बन्धि निवेदन अस्विकार भएको थियोे । 

राष्ट्रिय सुरक्षा कानुन अन्तर्गतको  मुद्दामा धरौटी राखेर  छुटकारा प्राप्त गर्ने प्रावधानलाई अपब्याख्या गरेर न्यायाधीश लिले जिमि लाई लाई धरौटीमा छुट्न दिएका थिए जुन कानुन सम्मत नरहेको ठहर पुनरावेदन अदालतले गरेको थियो । यद्यपि बेलको लागि लाइले सर्बोच्च अदालतमा निवेदन दिन सक्छ्न भनिएको थियोे ।

लाई र अरु छ जना पुर्व प्रतिपक्षी विधेयकहरु  गैरकानुनी तवरले सरकारबिरोधि सडक आन्दोलनको  आयोजना गत २०१९ सालको अगस्टमा  गरि भाग लिएको आरोपमा अहिले  मुद्दा  खेपिरहेकाछ्न।
सन २०१९ साल जुलाईबाट हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागु भए यता यो ऐन उलंघन गरेको आरोपमा ९८ जना पक्राउ परिसकेका छ्न।

पश्चिमाहरुले हङकङलाई बफर जोन अर्थात डि फ्याक्टो स्थलको रूपमा प्रयोग गर्न खोजेपछि चीनले यस कदमलाई आफ्नो अखण्डतामाथि धावा बोलेको रूपमा बुझ्यो। सरकार बिरोधि आन्दोलनले अराजकताको चरम रुप लिन थालेको र स्थानीय हङकङ सरकारले आन्दोलनलाई कुनै पनि मुल्यमा नियन्त्रण गर्न असमर्थ भएपछि बेजिङले बिशेषाधिकार प्रयोग गरि राष्ट्रिय सुरक्षा कानुन हङकङ माथि लागू गर्‍यो । त्यसघडी उप्रान्त सबै सकृय प्रजातन्त्र समर्थक राजनीतिक व्यक्तिहरु माथि सुरक्षा कानुन अन्तर्गत मुद्दा चलाउने सिलसिला जारी छ।

अत: हङकङ मोडेलको प्रजातन्त्रको अन्तिम आकार कस्तो हुने हो ! हेर्नै बाकी छ।

तपाईको प्रतिक्रिया