२२ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा ।

आजबाट हङकङका २०० भन्दा बढी स्कुलहरु परिचालन  हुने क्रम शुरु भएका छ्न। मुलरुपमा किन्डरगार्टन र ट्युसन क्लासहरु पुन परिचालन भएका छ्न।
शिक्षा मन्त्री केभिन यङ युन हुङको भनाइ अनुसार आजबाट एक तिहाइ बिद्यार्थीको उपस्थितिमा प्रत्यक्ष कक्षा आधा दिन सम्म संचालन गर्ने अनुमति स्कुलहरुलाइ दिइएको छ। तर कुनै पनि स्कुलका सबै शिक्षक यदि प्रत्येक २ हप्तामा एक चोटि कोरोना परिक्षण गर्न मन्जुर हुन्छन् भने उक्त स्कुलका सबै विद्यार्थी पढ्न स्कुल जान सक्छन् ।

करिब २०० स्कुलहरुले पुर्णरूपमा स्कुल संचालन गरियोस् भनेर  मन्त्रालयमा निवेदन दिएका थिए जसमा आधा जस्तो त ट्युटोरियल स्कुल थिए भने अरु प्राय सबै किन्डरगार्टन थिए ।
हङकङमा १,०५० वटा किन्डरगार्टन , ५३४ वटा प्राइमरी स्कुल र ४७२ वटा  सेकेन्डरी स्कुल छ्न।

बिदाको समय सकिएकोले अब प्राइमरी र सेकन्डरी स्कुलले पनि प्रत्यक्ष कक्षा संचालनको लागि निवेदन दिनेछ्न मन्त्री केभिन भन्छ्न।

स्कुल कक्षा पुर्णरूपमा  संचालनको निम्ति सबै शिक्षकले अनिवार्य कोभिड टेस्ट गर्न पर्छ भनेर शिक्षा व्युरोले भन्दैन यङले थपे।
तर आफनै परिवार , विद्यार्थी र सहकर्मी शिक्षकको सुरक्षाको लागि भए पनि प्रत्येक स्कुल स्टाफलाई कोरोना टेस्ट गर्न उनले आग्रह गरे।

सबै स्कुलहरु कहिलेदेखि पुर्णरुपमा संचालन हुन्छ भन्ने विषयमा कुनै समय तालिका तय नभएको कुरा यङले बताए ।
” यदि महामारीको अवस्थामा सुधार आयो भने अझ धेरै फेस टु फेस क्लास संचालन गर्न सकिन्छ ।”

तपाईको प्रतिक्रिया