२२ फेब्रुअरी २०२१ हङकङ ।क्रान्ति सुब्बा ।

हङकङमा कोभिड-१९ भ्याक्सिनको उदघाटन हङकङकि राज्य प्रमुख क्यारी लाम चेङ युत-ङोर स्वयंले आफ्नो पाखुरामा लगाएर गरेकी छिन। उनी संगै सरकारको केहि उच्च पदाधिकारीहरुले पनि आज सोमबार खोप लगाएकाछ्न।

कानुनमन्त्री टेरेसा चेङ यक- वाह, प्रशासन मन्त्री म्याथिउ च्यङ,जनसेवा मन्त्री पेट्रीक निप,खाद्य तथा स्वास्थ मन्त्री सोफिया च्यान , आवास तथा यातायात मन्त्री फ्रयाङ्क च्यान,संवैधानिक तथा मुलभुमी मामला मन्त्री  एरिक चाङ,मजदुर तथा लोक कल्याण मन्त्री डाक्टर ल चि क्वङ र रक्षामन्त्री जोन लि का- चिउलाई सेन्ट्रल लाइब्रेरी  कम्युनिटी टेस्टिङ सेन्टर कजवे बेमा कोभिड भ्याक्सिन दिइएको थियो ।

संचार जगतले  भ्याक्सिन ग्रहणको यो कार्यबिधी लाइभ प्रशारण गरेको थियोे ।

स्मरणीय छ ,मुल भुमि चीन निर्मित प्रथम १० लाख थान साइनोभ्याक भ्याक्सिन फेब्रुअरी १९ तारीख हङकङ भित्रीएको थियो भने वायोएन्टेक जर्मनी भ्याक्सिन यही महिनाको अन्त तिर हङकङ आउदैछ।

सरकारले यहि फेब्रुअरी २६ बाट जनता समक्ष भ्याक्सिन पुर्याउने परियोजना ल्याएको छ जस अन्तर्गत विभिन्न उच्च प्राथमिकताको सुचीमा परेका समुह सर्वप्रथम भ्याक्सिनका भागिदार हुनेछ्न। र यही २३ फेब्रुअरीबाट योग्य उमेदवारले सुइ को लागि आफ्नो नाम अन्लाईन मार्फत दर्ता गर्न सक्नेछ्न।

तपाईको प्रतिक्रिया