२२ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङमा कोरोना भाइरस संक्रमित पुष्टि  केस आज १६ देखिएकोछ। यहाको कुल कोरोना संख्या १०,८८४ पुगेकोछ।

स्वास्थ रक्षण केन्द्रले घोषणा गरेको  आजको केस मध्येमा तीन आयातित ( तीन महिला इन्डोनेसियाबाट ) , ४ अज्ञात स्रोतबाट आएका स्थानीय र बाकी ९ केस पुर्व केसबाट संक्रमित भएर आएका स्थानीय केसहरु परेकाछ्न।

अज्ञात स्रोतबाट आएको पहिलो केस हो ६६ वर्षीया महिला ( केस नम्बर १०८७६)  जसलाई घाँटी दुख्ने, खोकी चल्ने,सिगान बग्ने र पखाला चल्ने लक्षण १९ फेब्रुअरीमा भएको थियो । भोलिपल्ट नै उनी घुम्ती नमूना संकलन स्टेसनमा गएर परिक्षण गर्दा उनमा पोजेटिभ देखिएको हो।पेशाले उनी सुत्केरी सेविका हुन।

दोस्रो अज्ञात स्रोतवाला रोगी हुन ७६ वर्षीय सेवानिवृत पुरुष । फेब्रुअरी ५ तारीख उनमा गला दुख्ने र सास फेर्न गाह्रो हुने लक्षण देखा परेपछि २० फेब्रुअरीमा घुम्ती नमूना संकलन स्टेशनमा गएर चेक गराउदा उनमा पोजेटिभ देखियो।

तेस्रो अज्ञात स्रोतवाला रोगीमा  ४१ वर्षीय कम्युटर अफिसर परेकाछ्न। फेब्रुअरी १७ तारीख उनलाई घाँटी दुख्ने,खोकी चल्ने,नाकबाट  सिगान बग्ने र टाउको दुख्ने भएको थियो । लक्षण देखिएको भोलिपल्ट परिक्षण गर्दा उनमा पोजेटिभ देखिएको हो।

चौथो अज्ञात स्रोतवाला रोगीमा ६२ वर्षीय सेवा निवृत्त पुरुष परेकाछ्न। जसमा १९ फेब्रुअरीको दिन नाकबाट सिगान बग्ने लक्षण देखापरेको थियोे र त्यही दिन जाँच गर्दा उनमा पोजिटिभ देखिएको थियोे ।

तपाईको प्रतिक्रिया