काठमाडौ ।उदियमान गायिका सम्झना सुनुवारको आवाजमा `मेरो नजिक आईदेउ मायालु´ बोलको गीत सांगेतिक बजारमा सार्वजनिक भएको छ । गीत हालै युटुब च्यानलमा रिलिज भएको हो ।

पुर्बी पहाडी जिल्ला ओखलढुंगामा जन्मेर राजधानीमा बस्दै र गायकीमा साधना गर्दै आएकी प्रतिभाशाली सुनुवारको यो पहिलो भिडियो रेकर्डिङ गीत हो । गीतका शब्दकार परिचित चित्रकार, समीक्षक तीर्थ निरौला हुनुहुन्छ भने गीतको म्युजिक टीका मगरको रहेको छ ।


सानैदेखी गीत र संगीतमा रुचि भएकी सम्झना स्कुले जीवनदेखि नै गीत गाउथिन । सम्झना भन्छिन, “उनले मीठो आवाजमा गीत गाएको देखेर उनका स्कुलका गुरुहरु र सहपाठीहरु पनि छ्क्क पर्थे । र गीत गाउन प्रोत्साहित गर्थे।”

उनको श्रीमानले पनि गीत गाउन र रेकर्डिङ गर्न हौसला दिने गरेको बताउने सम्झना यतिबेला सम्पुर्ण समय गीत गाउन र अझै गायनमा खारिन दत्तचित्त भएर लागेकी छिन ।

उनको धोको भबिस्यमा ठूलो गायिका भएर गीतसंगीतको क्षेत्रमा योगदान पुर्याउने लक्ष रहेको छ । हुन त यो पहिलो गीत रेकर्डिङ र स्वरबाटै उनको भबिस्य उज्ज्वल रहेको छ भन्न सकिन्छ ।

रोसन वान्तवा राईको मिक्सिङ र स्टुडियो सुटिङ्ग रहेको यो गीतको छायांकन प्रमोद प्रसाईंको रहेको छ ।

तपाईको प्रतिक्रिया