२३ फेब्रुअरी २०२१ हङकङ ।क्रान्ति सुब्बा ।

हङकङमा यही फेब्रुअरी २६ तारीखबाट जनसाधारणलाई कोरोना खोप उपलब्ध गराइदैछ। करिब ७०,००० जनाले खोप प्राप्तिको निम्ति अन्लाईन बुकिङ  गरिसकेकाछ्न ।


कोरोनाभाइरस भ्याक्सिनको २ हप्ताको लागि  छुट्याइएको सम्पूर्ण उपलब्ध कोटा फुल भैसकेको कुरा सरकारका प्रवक्ताले बताएका छ्न।

पाँच वटा कम्युनिटी खोप प्रबन्धक सेन्टर र १८ वटा पब्लिक क्लिनिकमा दिइएको कोटा मार्च ११ तारीख सम्मको लागि आज अपरान्ह ४ बजे फुल भएको हो।


यो भ्याक्सिन लिन कतिको जोखिमपूर्ण छ भन्ने बिषयमा पनि  अहिले व्यापक चर्चा हुन थालेको छ। भ्याक्सिनको साइड इफेक्टबारे विश्व नै बहसमा गएकोछ अहिले । संभावित साइड इफेक्टका कारण देखाइ अष्ट्रेलियामा १०% मानिसले कोभिड भ्याक्सिन नहान्ने कुरा सर्भेले बताएको छ।

यिनै कुराहरूलाई ध्यानमा राखेर हङकङ सरकारले भ्याक्सिनको नकारात्मक असरलाई अध्यन गर्न विशेषज्ञको टोलि नै गठन गर्ने भएकोछ र उक्त विशेषज्ञको प्यानलले कोरोनाभाइरस भ्याक्सिन ग्रहण गरेका मानिसमा कति गम्भीर र कस्तो किसिमको नकारात्मक प्रभाव देखा पर्दछ भन्ने कुराको अध्यन गरि सोही अनुसार पीडितले सरकारबाट क्षतिपूर्ति पाउने या नपाउने कुराको निर्णय गर्दछ।


सरकारले १ अरब हङकङ डलर खोप क्षतिपूर्ति बजेट पारित गर्नको लागि विधायिकी परिषदमा प्रस्ताव पेश गरिसकेको छ।


प्रस्तावित बजेट अन्तर्गत यदि कोरोनाभाइरस भ्याक्सिन लगाइसकेपछी कुनै पनि नागरिकमा स्वास्थ सम्बन्धि गम्भीर समस्या देखा परेमा वा मृत्यु भएमा क्षतिपूर्तिस्वरुप पीडित पक्षले ३० लाख हङकङ डलर सम्म पाउने व्यवस्था गरिएकोछ।


सबै भन्दा बढी क्षतिपूर्ति ४० वर्ष मुनिका पीडितले पाउनेछ्न भने गम्भीर साइड इफेक्टवाला ४० वर्ष माथीका व्यक्तिले हङकङ डलर २५ लाख पाउनेछ्न।

कुनै पनि खोप लगाउदा( बिशेष गरि परिक्षणको रूपमा) विभिन्न किसिमको नकारात्मक असर जस्तै अनुहार प्यारालाइस हुने, गुलियन बारे सिन्ड्रोम्स अर्थात आफ्नो प्रतिरोधात्मक शक्तिले आफ्नै स्नायु प्रणालीलाइ आक्रमण गरेर कुंजे बनाउने  रोग, अपांग  तथा मृत्यु सम्म हुन सक्दछ।

तर यस्तो नकारात्मक प्रभाव भ्याक्सिनबाट नै भएको हो वा होइन भन्ने खुट्याउन अनेकौं किसिमको परिक्षण र मुल्यांकन विधि अपनाउन पर्दछ भन्छ्न स्वास्थ बिभागका सहायक निर्देशक फ्रयाङ्क च्यान।

भ्याक्सिनको खराब असर परेको या नपरेको तथ्य स्थापित  गर्नको निम्ति सघन अध्यन विशेषज्ञले गर्ने कुरालाई उनले यसरी पोखे – ” विशेषज्ञले बहुल कोणबाट केसको अध्यन गर्ने छ्न । रोगीमा भ्याक्सिन लाउनु पुर्व कुनै त्यस्तो रोग छ कि  छैन हेरिनेछ। रोगीमा कुनै पनि संक्रमण थियोे या थिएन ल्याब टेस्ट मार्फत हेरिन्छ । र यदि भ्याक्सिन नलाएको स्थितिमा निजमा कसरी रोग विकसित हुन्थ्यो भन्ने सिनारियो लाई पनि हेरिन्छ।”


” यी सम्पूर्ण फ्याक्टरहरुको मिहिन अध्यन पश्चात रोग र खोप बीच कुनै पनि सम्बन्ध नरहेको प्रमाणित भएमा बल्ल रोगीले क्षतिपूर्ति प्राप्त गर्दछ।”

हालमा हङकङ युनिभर्सिटीको एउटा अन्वेषण समूहले १,५०० जना मानीसलाइ विशेष परिक्षण क्याम्पमा  भर्ना गर्ने भएकाछ्न ।

  ती सबै जनालाई सबै किसिमको कोरोनाभाइरस भ्याक्सिन दिइनेछ र उनिहरुमा त्यसको असर के कस्तो पर्छ तीन वर्षको समय सिमा राखेर अवलोकन गरिनेछ।


प्रोफेसर इभान हुङको मुल्यांकन अनुसार हङकङले हर्ड इम्युनिटी अर्थात सामुहिक रोग प्रतिरोधात्मक शक्ति प्राप्त गर्न केहि वर्ष लाग्नेछ ।किनकि खोप पाएपछि समेत मानिसको एन्टिबडिको लेभल खस्किनेछ।

तपाईको प्रतिक्रिया