२५ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा ।

एक ७३ वर्षीया मानसिक रोगबाट पीडित महिला आफ्नो ६९ वर्षीय लोग्नेलाई सुतिरहेको अवस्थामा खुर्पाले ६ चोटि प्रहार गरेर हत्या गरेको अभियोगमा पक्राउ परेकी छिन।

उनीहरुको छोरीले आज बिहान ४:२० बजे तिर प्रहरीलाई कल गरेर घटना जानकारी दिने क्रममा आफ्नी आमाले पितालाइ चप्पर (दाउ) प्रहार गरेर घाइते बनाएको कुरा बताएकी थिइन। घाइते पिताले छिटो प्रहरीलाई कल गर्न लगाएका थिए । लाई यिउ स्टेट , क्वाइ यिउ हाउस, क्वाइ चुङमा ती वर्ष ४० कि छोरी मातापितासंग बस्तछिन।

प्रहरी आएर घटनालाई हेर्दा घाइते पुरुषको टाउकोमा गम्भीर चोट लागेको फेला पारयो। ४ देखि ६ सेन्टिमिटर लामो चोट टाउकोको छ ठाउँमा लागेको देखिएको थियो । एम्बुलेन्सबाट हत्तपत्त अस्पताल पुर्याएपछी ५:४१ बजे उनको मृत्यु भएको घोषणा भएको थियोे ।

हत्याको आरोप लागेको महिलालाई पक्राउ गरि प्रीन्सेस मार्गरेट अस्पतालमा निरीक्षणको लागि राखिएको छ।

प्रहरी प्रवक्ताको भनाइ अनुसार ती महिला स्किजोफेर्निया र डिप्रेसन भन्ने मानसिक रोगबाट पीडित छ्न र त्यस रोगको औषधि ग्रहण गरिरहेकी छिन। यो परिवार इतिहास हेर्दा कुनै हिंसा र अपराधको पृष्ठभुमि नभएको पाईयो।

संबंधित पक्षको स्रोतअनुसार गत रात सबै परिवार सदा झैँ संगै बसेर खाना खाएका थिए र छोरी र पिता घटना हुँदा निदाइ सकेका थिए ।

तपाईको प्रतिक्रिया