२५ फेब्रुअरी २०२१ हङकङ ।क्रान्ति सुब्बा ।

हङकङ स्वास्थ बिभागले आज बिहीबारको दिन १३ वटा कोरोना केस थपिएको जानकारी दिएकोछ। हङकङमा कुल कोरोना संक्रमित संख्या १०, ९२६ पुगेको छ।

आज देखा परेका नयाँ केस अन्तर्गत १ आयातित ,३ जना अज्ञात स्रोतबाट आएका स्थानीय र बाकी ९ जना पुर्व केससंग संबंधित स्थानीय केस रहेकाछ्न।

अज्ञात स्रोतबाट आएका केसमा एक जना ३४ वर्षका सेल्स पर्सन जसलाई गत शुक्रबार ज्वरो आएको थियोे र अर्का एकजना ६२ वर्षका क्वालिटी कन्ट्रोलमा काम गर्ने व्यक्ति परेका छ्न जसलाई सोमबार ज्वरो आएको थियो ।

तेस्रो अज्ञात स्रोतवाला केसमा एक १६ वर्षका विद्यार्थी परेकाछ्न जसलाई ग्त मंगलबार रिंगटा लागेको थियो।

आयातित केसमा इन्डोनेसियाबाट आएकी ४५ वर्षकि महिला परेकी छिन।

तपाईको प्रतिक्रिया