२५ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा ।

युरोपियन बायोएन्टेक/ फुसान कोभिड -१९ भ्याक्सिनको प्रथम ब्याच यही शनिबार बिहान हङकङ आइपुग्ने अपेक्षा गरिएको छ।

गत रात जारी गरेको विज्ञप्तिमा सरकारले सांघाइ स्थित फुसान फार्माले आजको निर्धारित समयमा भ्याक्सिन ढुवानी गर्न असफल भएको जानकारी दिएको कुरा भनिएको थियोे । जर्मनीमा निर्यात प्रक्रिया पुर्ण नभएका कारण यस्तो भएको कुरा जनाइएको थियो ।

यो भ्याक्सिन समयभित्र ढुवानी हुन नसक्नुमा युरोपियन युनियनले कुनै पनि किसिमको अडचन नडालेको कुरा समेत सरकारले स्पष्ट पारेकोछ। र दस लाख डोज बायोएन्टेक भ्याक्सिन दुई किस्तामा यथाशीघ्र हङकङ आइपुग्ने कुरामा जोड दिदै सरकारले भनेकोछ।

स्मरणीय छ , प्रथम दस लाख डोज बायोएन्टेक भ्याक्सिनको उत्पादन भैसकेको र सबै आवस्यकिय सुरक्षा र गुणस्तरको परिक्षण प्रक्रिया सफलपुर्वक सप्पन्न भैसकेको कुरा फुसान फार्मा कम्पनीले स्पष्ट भनिसकेको छ। र जर्मनीबाट दुई वटा हवाइजहाज मार्फत यो भ्याक्सिन हङकङमा ढुवानी हुने भएकोछ।

तपाईको प्रतिक्रिया