काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको मुख्य सचेतकमा विशाल भट्टराईलाई मनोनित गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलको विधान २०७५ को दफा १३ बमोजिम भट्टराईलाई मनोनित गरेका हुन् । यसअघि सो पदमा देव गुरुङ थिए ।

विद्यार्थी आन्दोलनमा लामो समय क्रियाशील भट्टराई दोस्रो संविधानसभा र पछिल्लो आम निर्वाचनमा खोटाङ जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

तपाईको प्रतिक्रिया