२८ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर अल्बर्ट आउले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा २२ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएकाछ्न। जसमा ५ आयातित ( ३ जना फिलिपिन्सबाट आएका डोमेस्टिक हेल्पर, १ जना इन्डोनेसियाबाट आएका डोमेस्टिक हेल्पर र एक जना पाकिस्तानबाट आएकि ४३ वर्षीया महिला  यात्री  ) र बाकी १७ जना  स्थानीय केस रहेकाछ्न।

  स्थानीय केस मध्ये १३ केस पुर्व केससंग संबंधित रहेको  छ भने ४ केस स्रोत पहिल्याउन  नसकिने स्रोतबाट आएकाछ्न  । हङकङमा कुल कोरोना केस ११,००६ पुगेकोछ।

आजका नयाँ दर्ता भएका केसमा   १ वर्ष  देखि  ७१ वर्ष बीचका १० जना पुरुष र १२ जना महिला परेकाछन। ४ केस कम्युनिटी टेस्टिङ सेन्टरबाट आएकाछ्न।

५ जना आयातित केस मध्ये ४ जना कोरोना भाइरसको उत्परिवर्तित स्वरुप ( भेरिएन्ट) N501Y बाट संक्रमित भएकाछ्न। तिनीहरु फिलिपिन्सबाट आएका ३ जना डोमेस्टिक हेल्पर र पाकिस्तानबाट आएका यात्रु हुन।

हङकङमा N501Y नामक कोरोना भाइरसको नयाँ भेरिएन्टबाट संक्रमित हुनेको संख्या ४७ पुगेकोछ। यो नयाँ प्रजाती भित्र २९ वटा बेलायती प्रजातिका केस , ४ वटा साउथ अफ्रिकी भेरिएन्ट केस  र तीन वटा ब्राजिलियन भेरिएन्ट केस परेकाछ्न भने बाकी रहेका ११ वटा N501Y भेरिएन्टको भेद छुट्याउनु बाकी नै छ।

आज १० जना प्रारम्भिक पोजिटिभ केसहरु फेला परेकाछ्न।
चिम शा चुइ स्थित  K11 मुसिया क्लस्टरबाट आज दस जना संक्रमित थपिए । यो क्लस्टरबाट संक्रमित हुनेको संख्या ४४ पुगेकोछ। र करिब १०० जना जतिलाई  क्वारेन्टाइनमा लगिसकिएकोछ।
आजको दस जना संक्रमितमा २ जना डिनर खान  मिस्टर मिङ्स चाइनिज रेस्टुरेन्टमा गएका व्यक्ति परेकाछ्न। सात जना उनीहरुको निकट संपर्कमा रहेका व्यक्ति र एक जना संक्रमित स्टाफको नजिकैको संपर्कमा रहेको व्यक्ति परेकाछ्न।

डाक्टर आउका अनुसार k11सपिङ मल भित्रको रेस्टुरेन्टमा काम गर्ने  कुनै एक जना कामदार नै एक यस्ता सुपर स्प्रेडर हुन जसबाट यो सबै फलियो। उनले फेब्रुअरी १९ तारीख र त्यसपछिका दिनहरुमा  यो सपिङ मल भित्र छिरेका सबैलाई कोभिड टेस्ट गर्न अनुरोध गरेकाछ्न र कसैलाई बिसन्चो महसुस भएमा तुरुन्त डाक्टरलाई देखाउनु भनेका छ्न।

कोभिड ग्रसित एक जना ७३ वर्षीय पुरुषको देहावसान भएको छ। कोभिड बाट मृत्यु हुनेको कुल संख्या हङकङमा  १९९ पुगेकोछ।

तपाईको प्रतिक्रिया