झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेर देखाउन चुनौती दिएका छन् । आज आइतबार झापाको कमलगाउँपालिका–७ झर्काहामा चीन( नेपालमैत्री औद्योगिक पार्कको शिलान्यासपछिको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतले संसद् पुनस्स्थापना गरेपछि सरकार ढलिहाल्छ भन्ने नसोच्न सुझाव दिँदै पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहलाई अविश्वासको प्रस्ताव पारित गरेर देखाउन चुनौती दिएका हुन् ।

उनले कुनै पनि हालतमा आफू नेतृत्वको सरकार ढल्न सम्भव नभएको बताए ।

सरकार कुनै पनि हालतमा नढल्ने भन्दै ओलीले संसद्‌मा दाहाल–नेपाललाई बहुमतले अविश्वासको पारित गरेर देखाउन चुनौती दिएका हुन् ।

जनताले ल्याएको परिवर्तन जनताले रक्षा गर्ने ओलीको भनाइ थियो । उनले वर्तमान परिवर्तनका लागि आफूले वर्षौंदेखि संघर्ष गरेको बताए । उनले आफूसँग संघर्षमा रहेका नेताहरू अहिले नभएको पनि बताए ।

निर्दलीय पञ्चायती व्यवस्था भएको बेलामा सघंर्ष गरेर, जेलनेल सहेर यहाँसम्म देश ल्याएको बताए । उनले भने, ‘अरिंगाल खायौं बच्छिउँ खायौं के भन्छ नि ! झुसे बारुलाहरूले फूर्ती नलाए हुन्छ । राजतन्त्र हुँदा त्यसलाई फाल्छौं भनेर फालेर आएका हौं पञ्चायत फालेर आएका हौं ।’

तपाईको प्रतिक्रिया