१ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा ।

आज हङकङमा १४ जना कोरोना पुष्ठि केस दर्ज भएकोछ। हङकङमा कुल कोरोना केस संख्या ११,०२० पुगेकोछ।

आज देखापरेका केसमा तीन वटा आयातित( दुइ जना इन्डोनेसिया र एक जना पाकिस्तानबाट फर्किएका) , पाँच वटा अज्ञात स्रोतवाला स्थानीय र बाँकी छ जना पुराना रोगीबाट सरेर आएका स्थानीय केस रहेकाछ्न।

अज्ञात स्रोतबाट संक्रमित पहिलो रोगी ( केस नम्बर . ११००९)  २३ वर्षीय पुरुष परेकाछ्न। उनलाई फेब्रुअरी २६ तारीख घाँटी दुख्ने,खोकी चल्ने , टाउको दुख्ने लक्षण देखा परेको थियो । २७ फेब्रुअरीमा सरकारी अस्पतालमा स्वास्थ जाँच गर्न जादा उनमा पोजेटिभ देखिएको हो। पेशाले उनी क्यासियर हुन।

दोस्रो अज्ञात स्रोतबाट संक्रमित रोगी (केस नं ११०१२)मा ५४ वर्षीया महिला परेकी छिन जसलाई २३ फेब्रुअरीको दिन खोकी र टाउको दुखाइले सताएको थियोे । तिनले २४ फेब्रुअरी मा बाह्य रोगी विभागमा गएर जाँच गराउदा उनमा पोजिटिभ देखिएको थियो । उनको पेशा सेक्रेटरी हो।

तेस्रो अज्ञात स्रोतबाट आएका रोगी ३० वर्षीय पुरुष रहेकाछ्न जसमा फेब्रुअरी २३ तारीख टाउको दुख्ने, खोकी चल्ने तथा जिब्रोले स्वाद थाहा नपाउने लक्षण देखा परेको थियो । उनी फेब्रुअरी २४ तारीख कम्युनिटी टेस्टिङ सेन्टरमा परिक्षण गर्न जादा पोजिटिभ सिद्ध भएको थियोे । पेशाले ऊनी पार्ट टाइम शिक्षक हुन।

चौथो अज्ञात स्रोतबाट आएका रोगीमा ४१ वर्षका पुरुष परेकाछ्न जसमा २२ फेब्रुअरीका दिन घाटी दुख्ने र खोकी चल्ने लक्षण देखिएको थियोे । २४ फेब्रुअरीका दिन सामान्य बाह्य रोगी बिभागमा गएर जाँच गराउदा उनमा पोजेटिभ पुष्टि भयो। पेशाले उनी सेक्युरिटी गार्ड हुन।

पाँचौ अज्ञात स्रोतबाट आएका रोगीमा एक ३६ वर्षीय पुरुष परेकाछ्न जसले २७ फेब्रुअरीको दिन नाकको सुघ्ने शक्ति गुमाएका थिए । सोही दिन उनी कम्युनिटी टेस्टिङ सेन्टरमा परिक्षण गर्न जादा पोजिटिभ देखियो। पेशाले उनी क्यामेरा मर्मत गर्ने टेक्निसियन हुन।

K11 मुसिया क्लस्टरको संक्रमित संख्या ४८ पुगेकोछ। यस सपिङ मल फेब्रुअरी ५ तारीख शुक्रबार सम्म बन्द हुने भएको छ र म्यानेज्मेण्ट कार्यलयले यस मल भित्रका सबै व्यवसायीलाई कोरोना टेस्ट गर्न मोबाइल नमुना संकलक सवारी साधन उपलब्ध गराएकोछ।

खाद्य तथा स्वास्थ सहायक मन्त्री चुइ ताक यिले अहिलेको सामाजिक दुरि सम्बन्धि नियम २ हप्ताको लागि ( फेब्रुअरी १७ तारीख सम्म ) थपिएको घोषणा गरेकाछ्न।

तपाईको प्रतिक्रिया