क्रान्ति सुब्बा । हङकङ ।

एक अथक चलचित्रकर्मी अर्थात किशोर सुब्बाको साहित्यिक चेतको प्रतिनिधित्व गर्ने एउटा कविता संग्रह “काश जिन्दगी ” को विमोचन यही फागुन २० गते पाना क्याफे अनाम नगर काठमाडौमा सम्पन्न हुदैछ।

हाल अमेरिकाको न्युयोर्कबाट नै सुब्बा म्युजिक भिडियो र चलचित्र निर्माणमा जुटिरहेकाछ्न। ताप्लेजुङ , फुङलिङ नगरपालिका , फावाखोलामा जन्मेका किशोर सुब्बा धरानको महेन्द्र क्याम्पस अध्यन गर्दा गर्दै रंगकर्म र चलचित्र क्षेत्रमा होमिएका थिए। भिजेको पछ्यौरी ,तितो यथार्थ र दुई थोपा आँसु, साथी , चिता माथिको लास जस्ता नाटकको लेखन तथा निर्देशन गरेका थिए त्यसबेला ।

पिता स्व. दिल बहादुर लिम्बु र माता कृति माया लिम्बुका जेठो छोरो सुब्बाले पुर्वान्चलबाट बनेको पहिलो भिडियो चलचित्र मानिस को निर्देशक पनि हुन।

हाल सम्म सुब्बाले लिम्बू भाषाको चलचित्र समेत गरेर ३० भन्दा बढी चलचित्र निर्माण तथा निर्देशन गरिसकेका छ्न।

माता पाथीभरा फिल्मस प्राली र जेपिजे इन्टरटेन्मेन्ट युट्युब च्यानलका प्रोप्राइटर किशोर सुब्बाको लेखन मोह पनि पुरानै हो । ४०, ४५ साल तिर नै उनले धरानबाट सन्काहा,मुस्कान,नौलो मुस्कान, मधुशाला म्यागेजिन पत्रीकाको संपादन पनि गरेका थिए ।

त्यसो त उनले मेरो गाउको राम कहानी ,फावाखोलाको गीत , अर्ध सत्य नामक तीन थान पुस्तक लेखेर बजारमा ल्याइसकेका छ्न। अब आउन लागेको कविता संग्रह काश जिन्दगी उनको चौथो कृति हो।

आफ्नो नवीन कृति बिक्रिबाट आएको ५०% प्रतिशत रकम उनले स्व . प्रेम शेर्मा स्मृति कोषमा बुझाउने प्रतिबद्धता जाहेर गरेकाछ्न। कवि किशोर सुब्बालाई कोटिऔँ बधाई तथा शुभकामना ।

तपाईको प्रतिक्रिया