३ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङका एक संक्रामक रोग विशेषज्ञले  कोभिड -१९ को भ्याक्सिन लगाएपछि मृत्यु भयो भनिएको ६३ वर्षीय पुरुषको मरण भ्याक्सिनबाट नभएको हुनसक्ने संभावना छ भनेका थिए ।

स्वासप्रस्वास मेडिसिन विशेषज्ञ डाक्टर ल्यङ चि – चिउले पनि सरकारले यथाशीघ्र मृत्युको वास्तविक कारण पत्ता लगाउन आग्रह गरेका थिए जसले गर्दा यो भ्याक्सिन सेफ छ भन्ने यथार्थ पुन स्थापित होस र यो भ्याक्सिन लिनबाट जनसमुदाय निरुत्साहित नहोउन।

स्मरणीय छ, चीन निर्मित साइनोभ्याक भ्याक्सिन ग्रहण गरेको दुई दिन पछि उक्त मानिसको देहावसान गत आइतबार भएको थियोे ।

डाक्टर ल्यङको भनाइ अनुसार मृतकले खोप लगाएको दुई दिन पछि   सास फेर्न अप्ठ्यारो महसुस गरेका थिए ।  त्यो अप्ठ्यारोपन खोप लगाएका कारण भएको भन्ने कुरालाई पुष्टि गर्ने कुनै प्रमाण छैन। यदि त्यस्तो हो भने सुइ लाउने साथ उनलाई एलर्जी हुनु पर्थ्यो। रोगी आफै उच्च रक्तचाप , मधुमेह र क्रोनिक अब्स्ट्रक्टिव पल्मोनरी डिजिजबाट पीडित  थिए ।

” यो भ्याक्सिन सुरक्षाको हिसाबले  पुर्णतः स्थापित वस्तु भैसकेको छ। यसले सुइ घोपेको स्थान वरपर मात्र जलन ल्याउदछ। र इम्युन सिस्टमलाई मात्र उत्तेजित तुल्याउदछ। यो खोपभित्र  कुनै त्यस्तो औषधिजन्य तत्वको मिलावट छैन ” ल्यङले भने।

ल्यङका अनुसार फोक्सो र मुटु सम्बन्धिका समस्याले उनलाई सास फेर्न गाह्रो भएको थियो ।

अरु देशमा पनि अन्य ड्रग कम्पनीबाट बनिएको कोरोना भ्याक्सिन लगाएपछि धेरै वयोवृद्ध र दीर्घ रोगीहरुको मृत्यु भएको थियो  तर ती कुनै पनि मृत्यु भ्याक्सिन संग संबंधित थिएनन उनले थपे।

खोप वितरण परियोजनाका सरकारी सल्लाहकार डेभिड हुइको भनाइ अनुसार ती रोगी  मुटुको रोगबाट कुनै पनि बेला  गम्भीर आक्रमण हुन सक्ने अवस्थामा थिए । अस्पतालमा भर्ना हुदा उनको मुटुको ढुकढुकी सुस्त हुन थालिसकेको थियोे ।

आज बुधबार मार्च ३ तारीखका दिन एक्स्पर्ट प्यानलले उनको मेडिकल रेकर्ड जस्तै इलेक्ट्रोकार्डियोग्राफी र पोस्टमार्टम रिपोर्ट अध्ययन गरेर निष्कर्ष निकालेकोछ।  निष्कर्ष अनुसार उक्त रोगीको मृत्यु भ्याक्सिनले होइन जिर्ण रोगका कारण भएको हुन सक्ने कुरा एक्स्पर्ट कमिटीले भनेकोछ।

कोभिड-१९ रोग प्रतिरोध अभियान  क्लिनिकल वारदात मुल्यांकन समितिका सह संयोजक प्रोफेसर इभान हुङले  उक्त मृतक कोरोनरी धमनीसम्बन्धि हृदय रोगका चारवटा उच्च जोखिम युक्त पक्षबाट  पीडित थिए भनेकाछ्न।

ती चारवटा रिस्क फ्याक्टर थिए – धूम्रपान गर्ने बानी ,हाइ ब्लड प्रेसर , हाइपरलिपिडिमिया( रगतमा उच्च कोलेस्ट्रोरल हुने रोग ) र हाइ ब्लड ग्लुकोज लेवल( मधुमेह )। यी चार कारणको उपस्थिति रहेमा बिना भ्याक्सिन पनि  उसको जीवन जतिखेर जेपनि हुनसक्ने दशा रहन्छ हुङ्ले स्पष्ट पारे। र उनको मृत्यु हुनुको प्रत्यक्ष कारण भ्याक्सिन नभएको स्पष्ट पारे।

भ्याक्सिनको कारणले उनको मृत्यु भएको भन्ने कुराको कुनै प्रमाण नभएकोले हाल जारी भ्याक्सिन परियोजना जारी रहने कुरा पनि हुङले स्पष्ट पारे।

दीर्घ रोगबाट पीडितले कोरोनाभाइरस भ्याक्सिन लाउनु उचित  नै हुन्छ तर यति हो सुइ लाउनु पुर्व संबंधित व्यक्तिको  स्वास्थ स्थिति ठिक रहेको हुनु पर्दछ भनेर डाक्टर डेभिड हुइले सुझाए।

यता सोसाइटी अफ हस्पिटल फार्मेसिस्ट हङकङका अध्यक्ष विलियम चुइले भने यदि जो कोही दीर्घ रोगी  यो खोप लाउने कि नलाउने भन्ने बिषयलाई  लिएर द्विविधामा छन भने पहिला फेमिली डाक्टरसंग सल्लाह गर्ने  सुझाव दिन्छन्

उनले जोड दिदै थप्छ्न – भ्याक्सिन लाउने कार्यलाई जारी राख्नु पर्छ यदि यसलाई रोकियो भने मानिसहरु  कोभिड-१९ बाट संक्रमित हुने क्रम झन बढ्नेछ।

साइनोभ्याक कम्पनीका प्रवक्ताले यस घटनामाथि हङकङ सरकारले गरिरहेको अनुसन्धानलाई हाम्रो पुर्ण सहयोग रहनेछ भनेका छ्न।

कोरोना भ्याक्सिन लगाएको दुई दिन पछि मृत्यु व्यहोरेका यी ६३ वर्षे पुरुषको मृत्यु काण्डले हङकङको जनसमुदायमा सनसनी नै मच्चायो फलस्वरूप आजको दिन करिब आधा जस्तो साइनोभ्याक एपोइन्टमेन्ट नै क्यान्सल भएको कुरा कुन चुङ स्पोर्ट्स सेन्टरका मेडिकल डाइरेक्टर सामुएल कोकले बताए । कतिपयको त सुइ लाउने बेलामा पुरै खुट्टा कामेको पनि उनिहरुले देखे।

आज बिहान ९ बजेबाट  बायोएन्टेक भ्याक्सिनको अन्लाईन बुकिङ पनि शुरु भएकोछ।

हङकङमा बायोएन्टेक भ्याक्सिन  निम्न सात वटा सेन्टरले उपलब्ध गराउने भएकोछ – साइ यिङ पुन, साइ वान हो, काउलुन टङ,लाई चि कोक, सेङ सुइ र युन लङ।

हङकङ युनिभर्सिटी संक्रामक केन्द्रका प्रमुख हो पाक ल्यङले बायोएन्टेक भ्याक्सिन ८५ देखि ९० प्रतिशत प्रभावकारी भएको र अमेरिका र युकेका दशौँ लाख मानिसले यो सुइ लगाइ सकेको बताएकाछ्न।

साइनोभ्याक भ्याक्सिन मृत्यु प्रकरणका बारेमा  प्रश्न  उठाउदा माइक्रोबायोलोजिस्ट ल्यङ्ले भने बायोएन्टेक भ्याक्सिन लगाउने प्रत्येक पचास  देखि एक लाख मानिस मध्येमा एक जनालाई घात हुनु सामान्य  नै हो।

त्यसो त साइनोभ्याक भ्याक्सिन पनि  चीन र विश्वका एक करोड भन्दा बढी मानिसले लगाइ सकेको कुरा पनि  उनले गरे।
“यदि भ्याक्सिनमा साच्चै नै समस्या भए अहिलेसम्ममा हामीलाई  थाहा भैसक्ने थियोे ।” उनले थपे।

हङकङ रक्षण केन्द्रको रिपोर्ट अनुसार आज १४ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएकाछ्न। आज थपिएका सबै केस स्थानीय रहेकाछ्न। हङकङमा कुल कोरोना संक्रमित संख्या ११,०४७ पुगेको छ।

आज संक्रमित १४ जनामा १३ वर्ष देखि ६९ वर्ष बीचका ८ पुरुष र ६ महिला परेकाछ्न।

आजको केसमा ६ जना रोगी पुर्व केस संग संबंधित छ्न भने बाकी ८ जना अज्ञात स्रोतवाला रहेकाछ्न।

तपाईको प्रतिक्रिया