“प्रकृतीलाई प्रेम गर्नुपर्छ । यो पृथ्वीमा बसोबास गर्ने सबै प्राणी जीवजन्तु बन बनस्पतिको साझा बासस्थान हो पृथ्वी भन्ने कुरा मान्छेले भुलीसकेको समयमा मान्छेलाइ प्रकृतिले एकपल्ट सम्झाएको अवस्था हो आजको समय । ”
यसो भनीरहदा उनका कूनै आदिमाताको अनुहार जस्तो सम्मोदित आँखा, सेतै फूलेको सिल्की कपाल , निधारमा सानो गाडा रातो टिका,आखाँमा पावारवाला चस्मा,सहजै कसैलाई खिच्न सक्ने शालीन मूस्कान , कसैले पहिलो पल्ट देख्दा श्रद्धाले हृदयबाटै सम्मान लायक व्यक्तित्व साच्चीकै शान्त देखिन्थीन् तोया गुरुङ ।
नेपाली साहित्यको ईतिहासमा प्रथम महिला प्राज्ञ तोया नेपाली आधुनिक कविताको विधामा बिसको दशकको प्रसिद्ध नाम हो । अहिले दिलरुवा नामक लामो कविता कृतिको तयारिमा रहेकी तोया उमेरले डाँडा काटीसक्दा पनि उतिकै तन्दुरुस्त छीन् ।
२००४ सालमा तातोपानी कोदारीमा बुबा पुर्ण बाहादुर गुरुङ र आमा पदमकुमारी गुरुङको पहिलो सन्तानको रुपमा जन्मीएकी ६ छोरी १ छोरा मध्ये तोया पहिलो सन्तानको रुपमा जन्मीएकी थिइन् ।
उनि जन्मीएको घर नेपाली शैलीको, प्रकृतीसँग यति नजिक छ की आगन मै भोटेकोशी बग्ने, हिमाल नजिकै देखिने यी सब सुन्दर पक्षहरु उनको बाल्यकालमा संजोगले जुरायो । यसकै प्रभाव हुनसक्छ तोयाको कवितामा जताततै प्रकृति छरिएरको हुन्छ ।
सरल हिसाबले कवितामा आफ्नो कुरा भन्नु तोयाको बिशेषता हो । कुराकै सिलसिलामा भनिन् “ तर एउटा कूरा भने पक्का हो रहेछ कविताको पाठक पनि छानिएर नै आउदा रहेछन् ”
पछिल्लो दशकमा साहित्यीक कार्यक्रम र साहित्यीक उत्सवहरुमा उति देखिन्नन उनी । तर तोयाका कविताले सधै साहित्यीक सर्कलमा चर्चा पाइ रहयो। चाहे त्यो कविता आफ्नो किसीमको छ भनेर होस की त तोयाले लेखेको कुनै अर्थ छैन भनेर होस ।
नेपाली कविताको पाठकले उनलाई एक हिसाबले सधै सम्मान गरिरह्यो । त्यसो त राम्रा कविता अमुर्त चित्र जस्तै हुन्छ भन्ने विश्वव्यापी मान्याता छ ।
नबुझिने कविता लेख्नेहरुमा मोहन कोइराला पछि तोया गुरुङलाई आरोप लाग्ने गरेको छ । “ तरिका आ–आफ्नो हुन्छ यो बिषयमा मलाई राम्रै जानकारी पनि छ।”
बुबा पुर्ण बाहादुर गुरुङ नेपाल आर्मीको मेजर बुबाकै जागीरको कारण तोयाको बचपन नेपालको विभिन्न जिल्लाहरुमा घुमेर बित्यो । एस एल सी सकिन्जेलमा बिराटनगर धनकुटा भोजपूर भारतको कलकत्तासम्मको स्कूलमा भर्ना भइन् ।
जीवनको पहिलो अक्षर सिकाईको संस्मरण कूनै लोककथा भन्दा कम छैन । त्यसबेला काठमाण्डौको टुडिखेलबाटै उत्तरपट्टि सेतै हिमाल देखिन्थे, उबेला काठमाण्डौमा अहिलेको जस्तो बाक्लो घर थिएन । जताजतै फराकिलो बाटो ।
सिंहदरबार अगाडी पूरै केराउ खेती हुने गर्थ्यो। बुबा आर्मीको कप्तान भएपछीको कुरै बेग्लै । त्यो जमानामा अहिलेको डिल्लीबजारको पिपलबोटदेखी पुर्व दक्षिणतर्फ पदमकन्या स्कुलमा सानो दरबार थियो । त्यसको अगाडी थियोे फलैफलको भव्य बगैचा ।
हरेक दिन उर्वशी जस्तै सुन्दर युवतीले त्यहि दरबारभीत्र बोलाएर त्यही बगैचाको माटोमा लठ्ठीले क ख ग र ए बि सि डी हात समाइ दिएर सिकाई दिएको त्यो स्मृति नै अक्षरसँगको पहिलो सम्बाद थियो तोयाको ।
कस्तो भने तोयालाई ती युवतीसग भेट भएपछि रात कहिले नपरोस् जस्तो लाग्थ्यो । ति युवतीको सौन्दर्यले उनलाई यसरी छोयो कि उनको सौन्दर्य अहिले पनि आखैमा छ ।
त्यही समय स्कुल भर्ना हुनु , स्कुलमा साथीले दिएको आलूबखडा खाएर पखला लागेपछि भने स्कूल जान बन्द हुनु जस्ता अनुभव पनि छ उनिसंग।
बुबाको सरुवासगै बिराटनगर गएपछि फेरि कहिल्यै भेट भएन ती सुन्दरीसंग। यो २००९ सालको कुरा हो । यी सबै कारणहरुले उनको कलिलो बाल मष्तीष्कमा ती अन्जान महिलाप्रतिको अभिरुची रहीरह्यो लोककथा जस्तै भएर ।
त्यसपछि भने जीवनले अर्कै मोड लियो । सन् १९५७ मा पढ्नको निम्ति तोयालाई कलकत्ताको अमर हिन्दी हाइस्कूल पठाइयो । कलकत्तामा पढदा उनको हितैसी साथीहरु प्रेमकूमारी बिहारी बिजयलक्ष्मी पण्डीत थिए ।
स्कूलमा १ अगस्टको अवसरमा आयोजीत साहित्यीक कार्यक्रममा तोयालाई हेड मास्टर कमलकुमार शर्माले कविता भन्न आग्रह गरेपछि कण्ठै गरेर अरुकै कविता सुनाइन् ।
सबैबाट प्रंसशा पाईन । कति सम्म भने पछिसम्म पनि उनले स्वाबासी पाईरहीन । तर उनको झुट धेरै दिनसम्म टिकेन। कारण उनले वाचन गरेको रचना गोपाल सिंहको भ्रान्ती भन्ने शिर्षक भएको नेपाली भाषाको कविता थियो ।
पछि थाहा भयो कलमकुमार शर्माले इन्द्रबाहादुर राईलाई अग्रेजी पढाएको रहेछ त्यसपछि इखबाट सुरु भएको कवितासँगको उनको यात्रा अहिलेसम्म निरन्तर छ ।
बुबा आर्मीको अफिसर त्यसकारण बाल्यकालमा सुविधा र अनुशासन दुवैको एकैपटक अनुभव संगालीन् । कलकत्ता बस्दा पनि कडा अनुशासनमा रहीन् ।
प्रत्येक मान्छेको जीवनमा मिठो स्मृतिको गहिरो छाप हुन्छ। त्यस्तै तोयाको स्मृतिमा पनि फेरी अर्को एक जना बंगाली महिला आइन् जसले तोयालाई तारपुरे हलुवा जो बंगाली समुदायबीच अत्यन्तै चर्चित छ पकाएर दिने गर्थिन्।
हरेक दिन उनी स्कुलबाट थाकेर घर आउदा मामाघर नजीकैको ति महिलाको स्नेह र हलुवाको स्वाद आज पनि जिब्रोमा त्यसै छ । तर जीवनको यति लामो समय बितीसक्दा ति महिला र साथीहरु अहिले कहाँ छन् मरिसके की बाचीरहेछन ? उनलाई केही थाहा छैन ।
“ यो महामारीमा मैले ती साथीहरुलाई खुब सम्झीए । छुट्टिएपछि कहिले दोहोरो भेट भएन ।” बितेर गएका यी स्मृतिहरु कवितामा आउने रहेछ यति भनेर उनि मुसुक्क मुस्कुराइन् ।
अर्कोपटक १९७९मा भारत जादाको संस्मरण भने अर्कै छ । रोयल नेपाल वायू सेनाका हाकीम पति कुमार घलेसँग दिल्ली जादा अमृता प्रीतम सगको भेट यादगारमय छ ।
बेलुकापख इम्रोज र अमृताले उनिहरुको घरमै गरेको न्यानो संस्कार निकै स्मरणीय रहयो। त्यो समय तोयाको कूनैपनि किताब प्रकाशीत थिएन । भेटमा अमृताले किताबको बारेमा सोधेको थिइन् रे ।
उबेला अहिलेजस्तो कहा हो र ! किताब निस्कनु ठुलो कुरा थियो । तोयाले हास्दै भनीन् उहिले स्थापित भएपछि कृति प्रकाशन हुन्थ्यो । अहिले कृति प्रकाशीत भैसकेपछी स्थापीत भइन्छ । किताब निकाल्नै कै निम्ति तोयाले कहिल्यै हतार गरिनन् । पैसाको कुरा त बहाना मात्र हो ।
अहिलेसम्म पुनोरावती २०२७, लामो कविता सुर्यदह २०४२, धुपी लामो कविता २०५२, देवल घुमेपछि २०५२ तोया गुरुङका लामा कविताहरु २०६०, कुसुम कथा सग्रह २०६८ गरी सात कृति प्रकाशीत छन । बिसको दशक तोयाको लेखनले राष्ट्रियरुपमै चर्चा परिचर्चा पायो ।
केही समय यता त हो लेखक पनि लेखेर बाच्न सक्ने परिवेश निर्माण हुदै गएको । तोयाले लामो समयसम्म नेपाल बैंकमा अधिकृत भएर जागीरे जीवन बिताइन् । त्यहा हुदा पनि बैंकबाट प्रकाशन हुने पत्रिकाको सम्पादक भइन् ।
उनले कविता लेख्न सुरु गरेको समय सहज थिएन । प्रकाशनको निम्ति माध्यमहरु सिमित त्यसमा पनि महिलाको संघर्ष अलिक फरकै थियो । तर दिनचर्या कस्तो भने हरेक दिन बेलूका अफीस छुटेपछि न्युरोड पिपलबोटमा इन्दिरा रेस्टुरेन्ट थियो त्यहि भुपी शेरचन , हरिभक्त कटुवाल , मदन रेग्मी लगायतका साहित्यकारहरुको दिनहुको भेटघाट हुन्थ्यो।
तोया त्यतै लाग्थीन । ग्रुपमा महिला तोया मात्र हने हुने गर्थिन । उनलाइ आफु महिला भएको कहिल्यै भान भएन । ती दिन नै अर्कै खाल्का थिए । भुपीसँगको र्दूलभ सँस्मरण तोयासँग अहिले पनि कति छ कति ।
कवितामाथी राजनिति गर्नुहुन्न भन्ने मान्यता राख्ने तोया आफूलाई कुनै पनि बाद र सिद्धान्तमा राख्न मन पराउदीनन्।
कवि त चरा जस्तै हो बादको लेपले कहिलेसम्म टिक्ने ? जो बादमा अड्कीन्छ त्यो कवि नै होइन भन्ने मान्यता राख्छीन ।
तोयाको कविता हिन्दी र अग्रेजी भाषामा अनुवाद छन् । उनको धुपी लामो कविता अमेरिकाको चर्चित कवि तथा फोटो पत्रकार एन हन्किन्सले अनुवाद गरेका छन् ।
त्यसो त धुपीकै बोटले घेरिएको बानेश्वरको शान्त घरमा तोया यो उमेरमा पनि अधिकांश समय लेखपढ गरेर बिताउछिन । कल्पना नै सही तोया फ्रान्सको चर्चित निस नदिमा उनका मनपर्ने कवि कामु , सात्रे , सिमेन , स्टेफन जुयकसँग कफीको मिठो चुुस्कीसगै घन्टौं साहित्य र दर्शनको कुरा गरीरहने सपना देख्छीन् ।
उनलाई पुनरजन्मसँग बिश्वास छ “ के भयो त यो जुनीमा सम्भव भएन तर अर्को जुनीमा पक्का भेट्ने इच्छा छ उनको ।” जीवनमा भईपरि आउने सबै घटनालाई स्वभाविक भएर हेर्नुपर्छ भन्ने मान्यता तोयाको जीवन चलाउने मूलमन्त्र हो ।
गफैगफमा शहरसँग गुनासो पोखीन् । कस्तो भने उमेरले डाँडा काट्नै लाग्दा उनलाई यो शहरको धुँवाले भने हैरान नै बनाएको रहेछ। तर लकडाउनले केही मात्र मै भए पनि शहर शान्त र सफा हुदा उनि खुशी थिइन । तर फेरि उस्तै धुलोधुँवा देख्दा दुखी छीन् ।
मान्छेकै कारणले संसार यती कुरुप भएको उनको तर्क छ । तोयाको लेखनमा त्यस्तो जादुमय शैली केहि पनि हुदैन तर कवितामा आफनै अनुभूती भेटिन्छ। अनि कहि गएर छुन्छ तपाईलाई भित्रैसम्म सपनामा देखिने अप्ठ्यरो दृश्य जस्तो कविताका प्रत्येक शब्दहरुले ।
सन २०००मा प्रथम सार्क लेखक सम्मेलनमा जब तोयाले कविता भनिन गुलजारले उनलाई आत्मीय सम्बोधन गरेका थिए । त्यस समय तोयाले तप तप कविता सुनाएकी थिइन् । त्यही समय पाकिस्तानको प्रसिद्ध लेखिका फाहमीदा रियाजले उनलाई मायाले सुम्सुम्याउदै आत्मीयतादर्शाएकी थिइन् ।
त्यो साँझ हैदरावाद हाउसमा सम्मान स्वरुप पार्टी दिइएको थियो । तोया भन्छीन् यो सम्मान कूनै ठूलो पुरस्कार प्राप्त गरे भन्दा कम थिएन । तोयाले प्रज्ञा प्रतिष्ठानको कविता विभाग सम्हालेकै समयमा साहित्य अनुवादको प्रकृया सुरु गरीन् ।
उनको बिचारमा नेपाली साहित्य अन्तराष्ट्रिय स्तरको लेखिएको छ । तर समस्या अनुवादको हो भन्ने उनको बुझाई छ । कवितामा रहस्यमयता र तिलस्मीपन पाइनु तोयाको कविताको प्रमुख विषेशता हो ।
बिचलित हुन्न
पानीको तप,,, तप
इन्द्रेणी प्वाँखहरुको गुम्फन
सिमसिम बलेसीको टाक टाक टीक टीक
गहिरो रातको
सुनसान सुनसान आवाज
म मात्र एक अंशमा सुन्छु र एक अंशले दृष्टि छोप्छु ।
तपतप कविता शिर्षकबाट ।