४ मार्च २०२१ हङकङ ।क्रान्ति सुब्बा ।

हङकङ हस्पिटल अथरिटी सुचित गरे अनुसार अर्को एक जना रोगीको मृत्यु कोभिड रोगको कारण भएकोछ। हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०१ पुगेकोछ।

देहत्याग गर्ने रोगी एक जना ७८ वर्षीय पुरुष हुन जो प्रीन्सेस मार्गरेट अस्पतालमा भर्ना भएका थिए । दीर्घ रोगबाट पीडित उक्त रोगीलाई ज्वरो आएपछि जनवरी १७ तारीख अस्पतालको क्वारेन्टाइन सेन्टरबाट आइसोलेसन वार्डमा उनको सरुवा गरिएको थियो । आइसोलेसन वार्डमा सारिएपछिको जाँचपडतालले उनमा पोजेटिभ भएको पुष्ठि गरेको थियो ।

क्वाइ चुङ स्थित सेक याम स्टेटको यान सेक हाउसमा महामारी संक्रमण हुँदा संक्रमित रोगीहरबाट उनलाई यो रोग सरेको थियो ।

उनको अवस्था निरन्तर खस्कदै गएपछि हिजो साँझ ७.०७ बजे उनको देहान्त भयो।

तपाईको प्रतिक्रिया