४ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर च्वाङ सुक क्वानले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ९ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएकी छिन।

जसमा ३ आयातित ( १ जना फिलिपिन्सबाट आएको डोमेस्टिक हेल्पर जसले कोरोना भाइरसको नयाँ नस्ल N501Y बोकेकी छिन,१ जना इन्डोनेसियाबाट आएका डोमेस्टिक हेल्पर , १ जना पाकिस्तानबाट आएका यात्रु ) र बाकी ६ जना  स्थानीय केस रहेकाछ्न।

  स्थानीय केस मध्ये ५ केस पुर्व केससंग संबंधित रहेको  छ भने १ केस स्रोत पहिल्याउन  नसकिने स्रोतबाट आएकाछ्न  । हङकङमा कुल कोरोना केस ११,०५६ पुगेकोछ।

आजका नयाँ दर्ता भएका केसमा   १२ वर्ष  देखि  ७४ वर्ष बीचका ७ जना पुरुष र २ जना महिला परेकाछन।

कोरोना भाइरसको उत्परिवर्तित स्वरुप  N501Y  भेरिएन्टबाट संक्रमित हुनेको संख्या ५१ पुगेकोछ। यो नयाँ प्रजाती भित्र ३४ वटा बेलायती प्रजातिका केस , ७  वटा साउथ अफ्रिकी भेरिएन्ट केस  र ४  वटा ब्राजिलियन भेरिएन्ट केस परेकाछ्न भने बाकी रहेका ६ वटा N501Y भेरिएन्टको भेद छुट्याउनु बाकी नै छ।

आज थपिएको अज्ञात स्रोतवाला रोगी ६९ वर्षीय पुरुष हुन जो शाम शोइ पो स्थित हुङ फुक हाउसमा सेक्युरिटी गार्डको रूपमा काम गर्दछ्न । उनी तीन शुइ वाइ स्थित तीन चिङ स्टेटको चिङ मुन हाउसमा बस्तछ्न। उनको केससंग संबंधित दुई वटा भवन  अनिवार्य परिक्षण सुची भित्र परेको छ जहाँका सबै वासिन्दाले अनिवार्य कोरोना परिक्षण गराउनु पर्ने हुन्छ।

पुर्व केससंग संबंधित ५ केस मध्येमा एउटा चाहिँ K11 मुसिया मलभित्र रहेको कार्टियर बुटिकमा काम गर्ने स्टाफ हुन। यो क्लस्टरबाट संक्रमण हुनेको संख्या ५१ पुगेकोछ।

आज अनिवार्य परिक्षण सुचीमा परेका थप तीन वटा भवनहरु निम्न छ्न ।१.एलेगेन्स गार्डन , चुन मुन २. ब्लक -२, सिभिउ क्रेसेन्ट, तुङ चुङ ३. टावर -५ , रेसिडेन्स ओएसिस, चुङ क्वान ओ।

तपाईको प्रतिक्रिया