६ मार्च २०२१ हङकङ ।क्रान्ति सुब्बा ।

चीन निर्मित साइनोभ्याक कोभिड भ्याक्सिन लगाएको तीन दिन पछि एक ५५ वर्षीया महिलाको स्ट्रोकद्वारा मृत्यु भएकोछ। धेरै वटा दीर्घ रोगबाट पीडित यी महिलाले मार्च २ तारीख मंगलबार उनले जोर्डनको कुन चुङ स्पोर्ट्स सेन्टरमा परिचालित कम्युनिटी भ्याक्सिनेसन सेन्टरबाट कोरोना खोप लगाएकी थिइन।


स्वास्थ स्थिति ठिक नभए पछि उपचारको लागि शुरुमा क्यारिटास मेडिकल सेन्टरमा उनको भर्ना भएको थियो ।पछि  क्वङ वाह अस्पतालमा  उनलाई सारियो ।
केही समय पछि उनलाई कार्डियाक एरेस्ट ( मुटु वरिपरिको नशा बन्द हुने रोग ) भयो । त्यसपछि   शुक्रबार राति उनको निधन भएको हो।

अस्पतालले उनको मेडिकल रेकर्डलाई पुनरवलोकन गरि तुरुन्तै स्वास्थ बिभागमा पठाइसकेकोछ। अब आउने मार्च  ८ तारीख  सोमबार उनको मृत्युबारे अध्ययन गर्न कोभिड -१९ भ्याक्सिन क्लिनिकल इभेन्ट इभ्यालुएसन एकस्पर्ट कमिटीको बैठक बस्ने भएकोछ।

एक जना ६३ वर्षका दीर्घ रोगी पुरुषको पनि साइनोभ्याक भ्याक्सिन लगाएको दुई दिन पछि मृत्यु भएको थियो गत शुक्रबार फेब्रुअरी २६ तारीख । यो भ्याक्सिन लगाएपछि हङकङमा मृत्यु हुनेको संख्या २ पुगेको छ।
यो भ्याक्सिनले निम्त्याउने जोखिम भन्दा फाइदा बढी भएकोले भ्याक्सिन वितरण कार्यक्रम नरोकिने कुरा स्वास्थ बिभागले जनाएको छ।

तपाईको प्रतिक्रिया