७ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर च्वाङ सुक क्वानले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा १६ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएकी छिन।

जसमा ३ आयातित ( २ जना एउटै फ्लाइट चढेर  अमेरिकाबाट आएका र १ जना क्यानाडाबाट आएका) र बाकी १३ जना  स्थानीय केस रहेकाछ्न।

स्थानीय केस मध्ये ८ केस पुर्व केससंग संबंधित रहेको  छ भने ५ केस स्रोत पहिल्याउन  नसकिने स्रोतबाट आएकाछ्न  । हङकङमा कुल कोरोना केस ११,०९१ पुगेकोछ।

आजका नयाँ दर्ता भएका केसमा   १० वर्ष  देखि  ७३ वर्ष बीचका ५ जना पुरुष र ११ जना महिला परेकाछन।

कोरोना भाइरसको उत्परिवर्तित स्वरुप  N501Y  भेरिएन्टबाट संक्रमित हुनेको संख्या ५७ पुगेकोछ। यो नयाँ प्रजाती भित्र ३४ वटा बेलायती प्रजातिका केस , ७  वटा साउथ अफ्रिकी भेरिएन्ट केस  र ४  वटा ब्राजिलियन भेरिएन्ट केस परेकाछ्न भने बाकी रहेका १८ वटा N501Y भेरिएन्टको भेद छुट्याउनु बाकी नै छ। क्यानाडाबाट आएका केस नं ११०८८ वाला पनि N501Y भेरिएन्ट बाहक हुन।

हङकङ स्वास्थ बिभागले आज बेलुकी छ बजे घोषणा गरे अनुसार गत २४ घण्टा भित्रको अवधिमा दुई जना साइनोभ्याक भ्याक्सिन ग्रहणकर्ता अस्पतालको सघन कक्ष ( आइसियु) मा भर्ना भएकाछ्न। हस्पिटल अथोरिटीले दिएको रिपोर्ट अनुसार साइनोभ्याक भ्याक्सिनको गम्भीर प्रतिकुल असर परेको हुन सक्ने शंका गरिएकोछ।

हस्पिटल अथोरिटिले दिएको सूचना अनुसार  ८० वर्षीय पहिलो पुरुष रोगी जसको मेडिकल इतिहासमा मधुमेह , क्यारोटिड एथेरोस्क्लेरोसिस( घाटीको दुई तिर रहेको रक्तनलीको भित्री भाग सागुरिने रोग), हाइपर्टेन्सन र स्ट्रोक भएको भेटियो।
मार्च ६ तारीख  छाती  दुखे पछि क्यारिटास मेडिकल सेन्टरको इमर्जेन्सी डिपार्टमेन्टमा उपचारका लागि भर्ना भएका थिए । उपचारको प्रभाव नदेखिए पछि उनलाई सोही रात आइसियुमा सारियो। उनको   तत्कालीन रोगको अवस्था भनेको  तिब्र कोरोनरी सिन्ड्रोम ( मुटुको कोरोनरी आर्टरी ब्लक हुने रोग) थियो र उनको अवस्था क्रीटिकल थियो । उनले मार्च १ तारीख युन लङको तीन फाइ रोड स्पोर्ट्स सेन्टरको कम्युनिटी भ्याकसिनेसन सेन्टरबाट  कोभिड भ्याक्सिन लगाएका थिए ।

अर्का रोगी हुन एक ७२ वर्षीया महिला जसलाई पहिल्यैबाट मधुमेह , हाइपरलिपिडिमिया (रगतमा बोसो धेरै हुने रोग), हाइपरटेन्सन ( उच्च रक्तचाप ) र हाइपोथाइरोइडिस्म ( थाइरोइड ग्रन्थी सम्बन्धि रोग) थियो । उनले चुङ क्वान ओ स्पोर्ट्स सेन्टर कम्युनिटी भ्याक्सिनेसन सेन्टरबाट  कोभिड भ्याक्सिन मार्च ६ तारीख लिएकी थिइन। भ्याक्सिन ग्रहण गरेपछि उनलाई अस्वस्थ महसुस भएको थियो र इन्सुलिनको नियमित २ डोज लिन असमर्थ भइन।

मार्च ७ तारीख बिहान सदा झै उनलाई तन्दुरुस्त नदेखेपछी परिवारजनले प्रीन्स अफ वेल्स अस्पतालमा लगेर भर्ना गरे। जाँच पडताल गर्दा उनलाइ गम्भीर मधुमेह केटोएसिडोसिस ( इन्सुलिनको अभावले रगतमा एसिड उत्पादन हुने रोग)  भएको प्रमाणित भएपछि थप उपचारको लागि  आइसियुमा सारिएको थियोे ।

स्वास्थ बिभागले यी दुई केसको अनुसन्धान गर्न कोभिड सुइको असर मुल्यांकन गर्ने विशेषज्ञको समिति कहाँ पठाइसकेको छ।

आज दिउसो  अरु थप दुई जना महिला पनि  कोभिड भ्याक्सिन  जोर्डनको कुन चुङ स्पोर्ट्स सेन्टर कम्युनिटी भ्याक्सिनेसन सेन्टरबाट लगाएपछि अस्पताल भर्ना हुनौ परेको थियो ।
कोभिड सुइ लिने पहिलो महिला थिइन वर्ष ४५ कि जसको शरीरको त्वचामा भ्याक्सिन लाएपछी धब्बा देखिएको थियोे  । अर्कि महिला ६६ वर्षकि थिइन जसले भ्याक्सिन लाएपछी छातीमा अप्ठ्यारो भएको महसुस गरेकी थिइन। दुबै जनालाई उपचारको लागि क्युइन एलिजाबेथ अस्पताल पठाइएको थियोे ।

तपाईको प्रतिक्रिया