८ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङमा साइनोभ्याक भ्याक्सिन लगाएपछि मृत्यु  हुनेको संख्या तीन पुगेको छ। स्रोतका अनुसार तेस्रो मृतक उमेरले ७१ पुगेका  जसले प्राइभेट क्लिनिकबाट गत बुधबार खोप ग्रहण गरेका थिए र आइतबार बेलुकी उनले आफुलाइ अस्वस्थ महसुस गरेका थिए ।

उपचारको लागि उनलाई युनाइटेड क्रीस्चियन हस्पिटलको एक्सिडेन्ट् एन्ड इमर्जेन्सी डिपार्टमेन्टमा लगिएको थियो आज बिहान । उक्त वयोवृद्ध पुरुषको अवस्था अति नाजुक थियो । दुर्भाग्य ! इमर्जेन्सी बिभागमा भर्ना हुन नपाई उनको मृत्यु भएको थियो । मृतकको कुनै पनि किसिमको मेडिकल इतिहास संबंधी कुनै सूचना उपलब्ध भएको छैन ।

हङकङव्यापी खोप परियोजना परिचालन भएको दस दिन बितिसक्दा तीन जनाको मृत्यु भैसकेको कारण साइनोभ्याक भ्याक्सिनको बिस्वस्नियतामा ह्रास आएकोछ। सरकारले अहिले अन्लाईन बुकिङको तथ्यांक सार्वजनिक नगर्ने निर्णय  गरेकोछ। मरणको कारण भ्याक्सिन नै हो भन्ने तथ्य स्थापित नभइन्जेल खोप परियोजना नरोकोने कुरा सरकारले गरेकोछ।
आइतबारका दिन करिब ८,१०० जनाले मात्र साइनोभ्याक भ्याक्सिन ग्रहण गरेका थिए ।


जर्मन उत्पादित बायोएन्टेक भ्याक्सिन हङकङमा गत शनिबार पहिलो दिनको रूपमा शुरु हुदा ३०० जनाले ग्रहण गरेका थिए ।आजको दिन सम्म यो भ्याक्सिन लिनेको संख्या ९०० पुगेको छ।


साइनोभ्याक भ्याक्सिन ग्रहण गरेपछि मृत्यु भएका तीन जनाको अवस्थाको बारेमा सरकारी स्वास्थ अधिकारीहरुले जनमानसको जिज्ञासालाई शान्त पार्न सत्यतथ्य सार्वजनिक गर्नु पर्दछ भन्छ्न हङकङ युनिभर्सिटीका महामारीविद बेन कौलिङ।

तपाईको प्रतिक्रिया