९ मार्च २०२१ हङकङ ।क्रान्ति सुब्बा ।

हङकङ सरकारले कोरोनाभाइरस भ्याक्सिन प्राप्त गर्ने सुचीमा अरु धेरै सेक्टरका जनसमुदायलाई समेट्ने घोषणा मार्च ८ तारिख गरेकोछ । थप ७ वटा जोखिम युक्त  क्षेत्रका यी प्राथमिकता समुह भित्र करिब १३ लाख मानिस पर्दछ्न। यी सात समुहको व्यक्तिले मार्च ९ तारीख बिहान ९ बजेबाट खोपको लागि अन्लाईन बुकिङ गर्न सक्नेछ्न।

जनसेवा मन्त्री पेट्रीक निपले खुलस्त पारेका सात क्षेत्र हुन –

१. खानपान उद्योग (catering industry ) – फुड एन्ड बेभरेजमा काम गर्ने व्यक्ति , सुपरमार्केट,मार्केट , सहज स्टोर  र फुड डेलिभरी (  टेक अवे फुड डेलिभरी)मा काम गर्ने व्यक्ति   ,रेस्टुरेन्ट स्टाफ , कुरियर सेवामा काम गर्ने स्टाफ

२. स्थानीय  सार्वजनिक यातायात सेवामा कार्यरत व्यक्ति जस्तै : ट्याक्सी ,बस, पब्लिक लाइट बस ड्राइभरहरु, रेल चालक तथा स्टेसन स्टाफहरु

३. दर्ता भएका निर्माण कामदार 

४. प्रोपर्टी म्यानेजमेन्ट कर्मचारी जस्तै : सेक्युरिटी गार्ड , क्लिनर तथा सेक्युरिटी स्टाफ

५. शिक्षक  तथा  स्कुल स्टाफ जस्तै:   किन्डरगार्टन , प्राइमरी र सेकन्डरी स्कुल र युनिभर्सिटीका शिक्षणमा संलग्न  र सहयोगी स्टाफ, स्कुल र स्कुलबसका ड्राइभर तथा सहचारी , स्कुलका प्राइभेट लाइट बसका ड्राइभर

६. पर्यटन उद्योगमा संलग्न व्यक्ति 

७. जिम सेन्टर र व्युटी इन्डस्ट्री ( व्युटी पार्लर )मा काम गर्ने व्यक्ति

तपाईको प्रतिक्रिया