११ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङमा कोभिड-१९ भ्याक्सिन वितरण परियोजना फेब्रुअरी २६ तारीखबाट चालू छ। हिजो अर्थात मार्च १० तारीख बेलुकी ८ बजे उताको २४ घन्टा भित्र  भ्याक्सिन सम्बन्धि गतिविधि के कस्तो रहयो हेरौं ।

१.करिब १०,९०० जनाले  साइनोभ्याक भ्याक्सिनको पहिलो खुराक लिए। करिब ७,८०० मानिसले यो भ्याक्सिन ८ वटा विभिन्न कम्युनिटी भ्याक्सिन वितरण केन्द्रबाट लिएका हुन। करिब २,६०० जनाले भ्याक्सिन वितरण परियोजनामा संलग्न प्राइभेट डाक्टर र क्लिनिकबाट लिएका थिए ।

२. करिब ५,९०० जनाले कोमिनार्टी ( बायोएन्टेक र फाइजर भ्याक्सिनको नयाँ नाम) भ्याक्सिनको पहिलो खुराक ७ वटा विभिन्न सामुदायिक खोप वितरण केन्द्रबाट  लगाए।

३. २४ घन्टामा भ्याक्सिन लिनेको कुल संख्या १६,८०० हो।

साइनोभ्याक भ्याक्सिन लाउने मानिसहरुको कुल प्रतिशत  ७२% पुगेको थियो उक्त दिन भने कोमिनार्टी भ्याक्सिन लिनेको कुल प्रतिशत ९०% पुगेको थियो ।

हङकङमा भ्याक्सिनको पहिलो खुराक लाउनेको कुल संख्या करिब १३०,५०० पुगेको छ। जस अन्तर्गत साइनोभ्याक भ्याक्सिन लिनेको संख्या १२१,५०० छ भने कोमिनार्टी भ्याक्सिन लिनेको कुल संख्या ९,००० पुगेको छ।

गत २४ घन्टाको समय सिमा  मार्च १० तारीख मध्यरातमा सकिएको हो। यो अवधिमा सात जना मानिसलाई उपचारको लागि भ्याक्सिन वितरण केन्द्रबाट अस्पताल पुर्याउनु परेको थियो ।

१. वर्ष ४८ कि महिलाले मार्च १ तारीख युन लङ स्पोर्ट्स सेन्टर स्थित भ्याक्सिन सेन्टरमा खोप लगाएकि थिइन। भ्याक्सिन ग्रहण गरिसकेपछि उनलाई घाटी दुख्ने र छातीमा अप्ठ्यारो हुने भएपछि बिहान ९:२२ बजे उपचारको लागि पोक ओइ अस्पताल पठाइएको थियोे । आवश्यक उपचार पछि उनी डिस्चार्ज भइन।

२.६१ वर्षीय पुरुषले मार्च ९ तारीख हङकङ सेन्ट्रल पब्लिक लाइब्रेरी कजवे बे  स्थित भ्याक्सिन वितरण सेन्टरमा खोप लगाएका थिए । भ्याक्सिन लगाएपछि उच्च रक्तचाप र अनुहार रातो हुने लक्षणबाट उनी गुज्रिएका थिए । जाँचपड्तालको लागि स्वास्थ अवस्था सामान्य रहेको स्थितिमा उनी बिहान ९:५५ बजे रतोन्जी अस्पतालमा गएका थिए । उपचारपछि उनी डिस्चार्ज भएका थिए ।

३. एक ७९ वर्षका पुरुषले शातिन स्थित युन वो रोड स्पोर्ट्स सेन्टरमा मार्च ९ तारीख खोप लगाएका थिए । भ्याक्सिन लगाएपछि उनलाई पाल्पिटेसन ( मुटुको ढुकढुकी बढ्ने) रिंगटा लाग्ने भएको थियो । स्वास्थ स्थिति सामान्य भएको बेला प्रीन्स अफ वेल्स अस्पतालमा बिहान १०:५९ बजे उनी पुगे। उपचार पश्चात् उनी डिस्चार्ज भए।

४. एक ६२ वर्षका पुरुषले ९ मार्चका दिन क्वुन तङ स्थित हिउँ क्वङ स्ट्रीट स्पोर्ट्स सेन्टरमा खोप लगाएका थिए । भ्याक्सिन ग्रहण गरे पश्चात् उनलाई टाउको दुख्ने र उच्च रक्तचापले सताएको थियोे । सामान्य स्वास्थ अवस्थामा उनलाई अपरान्ह ५:५८ बजे युनाइटेड क्रीस्चियन अस्पतालमा लगिएको थियोे । उपचार पछि उनी डिस्चार्ज भए।

५. एक ४९ वर्षका पुरुषले मार्च ९ तारीख लुङ सम एभेन्यु स्पोर्ट्स सेन्टर , सेङ सोइमा खोप लगाएका थिए ।भ्याक्सिन लगाएपछि उनलाई टाउको दुख्ने, रिंगटा चल्ने र हाइपरटेन्सन भएको थियोे । अपरान्ह ५:०३ बजे ऊनी उपचारको लागि नर्थ डिस्ट्रीक्ट अस्पतालमा पुगेका थिए ।उपचार पछि उनको डिस्चार्ज भएको थियोे ।

६. एक ५३  वर्षका पुरुषले मार्च ९ तारीख लुङ सम एभेन्यु स्पोर्ट्स सेन्टर , सेङ सोइमा खोप लगाएका थिए । भ्याक्सिन लिएपछि उनको छातीमा भारी भए जस्तो भएको थियो । दिउँसो ३ बजे उनलाई सामान्य अवस्थामा नै नर्थ डिस्ट्रीक अस्पतालमा लगिएको थियोे । उपचारपछि उनलाई नीग्रानीमा राखिएको थियोे ।

७.एक ४२ वर्षका पुरुष मार्च ९ तारीख ओस्मन राम्जु सादिक मेमोरियल स्पोर्ट्स सेन्टर, क्वाइ चुङमा खोप लगाएका थिए । भ्याक्सिन लगाएपछि उनमा घाँटी दुख्ने लक्षण देखा परेको थियोे । प्रीन्सेस मार्गरेट अस्पतालमा दिउसो १:४७ बजे पुगेका  थिए । सामान्य उपचार पश्चात् उनी डिस्चार्ज भएका थिए ।

तपाईको प्रतिक्रिया