अमेरिकी जनतालाई चुनावमा भोट कसरी हाल्ने थाहा छ । चीनीयाँ जनताहरुलाई चुनावमा भोट हाल्न आउदैन । अमेरिकी जनता आफ्नो संविधानको व्यक्तिगत स्वतन्त्रताको बखान गरेर थाक्दैनन् । चीनीयाँ जनतालाई व्यक्ति भन्दा परिवार ठुलो, परिवार भन्दा समाज र समाज भन्दा राष्ट्र ठूलो भन्ने कन्फुसीयाली मन्त्र थाहा छ ।

दुई भिन्न राजनीतिक र साँस्कृतिक पद्धति भएका यी दुई मुलुकहरु अहिले प्रतिस्पर्धी भएका छन । अमेरिकी संस्थापन पक्षका चिन्तक तथा रणनीतिकारहरु चीनको उदय अमेरिकालाई विस्थापीत गरेर विश्व व्यवस्था हात पार्न खेल भएको दाबी गर्छन ।

राष्ट्रपति बराक ओबामा र डोनाल्ड ट्रम्पले त्यही भनिरहेका छन् । चीन खतरा हो, चीन चुनौति हो । यहि क्रममा बी.बी.सी. टेलीभिजनले “राइभल्स” नामक कार्यक्रम बनायो भने अलजजीराले दुई भागमा दुई घण्टाको “द बीग पिक्चर” डकुमेन्ट्री प्रसारण गरयो ।

एक्काईसौ शताब्दीको विश्व राजनीतिको रङ्गमञ्च अमेरीका र चीनको शक्ति अभियानले भरिने छ । जसरी बीसौं शताब्दीको राजनीतक रङ्गमञ्च अमेरिका र सोभियत संघको शक्ति अभियानले भरिएको थियो ।

के अमेरिकाको क्षय भई रहेको छ ? हो क्षय हुरु भईसकेको छ । तर चीनका सर्वोच्च नेता देङ्ग स्याओ पीङका सहयोगी तथा दोभाषे भीक्टर गाओ चीनको उदय कुनै पनि राष्ट्रलाई विस्थापीत गरेर बढने नभई विश्व शान्ति र स्थायीत्वका लागि भएको बताउँछन ।

के चीन सन् ५० पछि विश्व व्यवस्थाको दावेदार हो ? घटनाक्रमले यस्तो देखाउँछ । २२१ वि.सी. मा पहिलो पल्ट एकिकरण भएको चीन बीसौं शताब्दीको मध्यमा कम्युनिष्ट हुँदै अहिले कन्फुसीयाली महाशक्ति बनेको छ ।

चीनका सामन्त शासकहरुको मस्तिष्कमा चीनीयाँ विश्व व्यवस्थाको अवधारण “चीन केन्द्रित विश्व” को नाममा जरो गाडेर बसको छ । एसियामा रहेको भारतीय र जापानी विश्वव्यवस्थाको अवधारणा भन्दा चीनीयाँ विश्व व्यवस्थाको अवधारणा बलियो छ । चीनको उदयले पनि त्यसको पुष्टि गर्दछ ।

चीङ वंशले पहिलो पल्ट साम्राज्यको स्थापना गरेपछि कानुनीवादको धारणा लागु गरयो । जुन अहिले सम्म जिवीत नै छ । चीङ वंशले स्थायित्व र सामाजीक संगतीमा जोड दियो । जसलाई वर्तमान चीनका शासकहरुले पनि जोड दिइरहेका छन् ।

कानुनीवादको आवधारणा राज्यमा बस्नेले शासक प्रति वफादार भई नियम पालना गर्नु पर्ने हुन्छ । जसलाई चीनका शासकहरुले वर्तमानमा सीनजीयाङ र तिब्बतका अल्पसंख्यक मुस्लीम र बौद्धहरुलाई पालना गर्न बल प्रयोग गरिरहेका छन ।

हङकङका जनताको प्रजातान्त्रीक आन्दोलन पनि बेजिङका सम्राटहरुको सम्पूर्ण स्वर्ग मुनी छ भन्ने धारणालाई चुनौति हो । अमेरिकाले हालै हङकङ र सीनजीयाङका नागरिकको मानव अधिकारका लागि विधेयकहरु कंग्रेसबाट पारित गरेको छ ।

तर चीनका नेता देङले पश्चिमाहरुले मानव अधिकारको प्रश्न विकाशसील देशहरुलाई कमजोर पार्न रणनीतिक रुपमा प्रयोग गरेको बताएको थिए । अमेरिकाले मानव अधिकार आफ्नो आन्तरिक मामलामा हस्तक्षेप गर्न प्रयोग गरेको आरोप चीनले लगाएको छ ।

चीनीया समाज पश्चिमाहरुको जस्तो मिसनरी समाज होइन । उन्नाइसौ शताब्दीको मध्यसम्म चीनको आधुनिक विदेश मन्त्रालय नै थिएन । शासकहरुले आन्तरिक मामलामा ध्यान केन्द्रित गरेका थिए ।

सन १९११ मा सन यात सेनले गणतान्त्रीक चीन बनाएपछि वेष्टफेलियन संरचनामा चीनले आफ्नो विदेश निति संचालन गर्न थालेको हो । सन् १६४८ मा जर्मनको वेष्टफेलियामा ३० वर्ष सम्म संघर्षरत यूरोपका राज्यहरु सम्झौतामा पुगेपछि त्यहाँ शान्ती र स्थायित्व आएको थियो ।

वेष्टफेलियन विश्व व्यवस्थाले अरुको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने र शक्ति सन्तुलनमा जोड दिन्छ । वर्तमान विश्व त्यही विश्व व्यवस्था मार्फत चलेको छ ।

एउटा विश्व व्यवस्था अर्कोमा सर्दा ठुलो युद्ध वा उथलपुथल हुने गर्छ । सन् १९४५ मा बेलायतबाट आफुमा अमेरिकाले शान्तिपुर्ण ढंङ्गबाट विश्वव्यवस्था आफ्नाो हातमा लियो । उसले संयुक्त राष्ट्रसंघ, विश्व वैंक, अन्तराष्ट्रिय मुद्राकोष, विश्व व्यापार संगठन र अन्तराष्ट्रिय अपराध अदालत जस्तो बहुपक्षीय संगठनहरुको निर्माण गरयो ।

अहिलेका विश्वका शासक तिनीहरु नै हुन । शितयुद्ध कालमा सोभीयतसंधले पुँजीवादी विश्व व्यवस्थालाई चुनौति दिएको थियो । अहिले त्यो चुनौती चीनले बेल्ट र रोड अभियान मार्फत एसीया, युरोप, अफ्रिका सम्म संजालहरु बनाएर चुनौति दिएको छ ।

चीनले एसिया इन्फ्रासट्रक्चर डेभलवमेन्ट बैंक मार्फत विश्व बैंकको विकल्प सारेको छ । संघाई कोअपरेशन मार्फत सुरक्षाकालागी क्षेत्रीय मञ्च गठन गरेको छ र तर यतिले मात्र पुग्दैन ।

पश्चिमाहरु मान्दछन कि चीनको एकदलीय कन्फुसीयाली समाज अरु विश्वकालागि अनुकरणीय नहुने बताउँछन । राजनीति शास्त्री फ्रान्सिस फुकुयामा भविष्यमा चीन केही मौलीक र केहि पश्चिमा हुने बताउँछन ।

उनि चीनीया मोडेल पश्चिमा मोडेल जस्तो वैश्विक नहुने दाबी गर्दछन । किनभने चीन वेष्टफेलियन मोडेल मार्फत नै उदाएको हो । चीनको इतिहासमा उसको अन्तराष्ट्रिय सम्बन्ध वेष्टफेलियन हैन । तर आधुनिक कालमा चीन वेष्टफेलियन पद्धतिमा गए पनि उसको धारणा मध्यअधिराज्य ग्रन्थी जो आफुलाई विश्वको केन्द्र ठान्दछ, त्यो जीवीत नै छ ।

ओलम्पीक खेलको आयोजना राष्ट्रपति हु जीन ताओको पालामा गरेर विश्वमा देङले भनेजस्तो क्षमता लुकाउने होइन प्रदर्शन गर्नका लागि हो भन्ने देखाएको छ चीनले । सी. जीङ पीङको कार्यकाल झन आक्रमक बनेर देखापरेको छ ।

चीनका सैनिक जर्नेल र रणनीतिकारहरु उग्रराष्ट्रवादी मुद्रामा प्रस्तुत हुन्छन । अझ एकथरी त चीनको कन्फुसीयाली सभ्यता विश्व व्यवस्थाको लागि उचित नै भएको दाबी गर्छन । जसलाई लेखक मार्टीन ज्याक्सले विश्वको चीनीयाकरण भनेका छन ।

एकथरी पश्चिमाहरु चीनको नेतृत्वलाई असल खराब सम्राटको रुपमा तुलना गर्छन । नेतृत्वमा असल सम्राट रहुन्जेल त ठीक हुन्छ, तर खराब सम्राट भए कुरा विग्रन्छ । वर्तमान राष्ट्रपति सी जीङ पीङले आफ्नो दुई पदावधीको कार्यकाल असीमीत पारेपछि उनलाई सम्राटको रुपमा हेर्ने पनि छन ।

जसलाई फुकुयामाले इतिहास फर्किएको भनी टिप्पणी गरे । जसरी अमेरिकाले संसारको नेतृत्व करिब ८० वर्ष गरेपछि सम्पूर्ण संसार अमेरिका जस्तो भएन । भविष्यमा संसार अमेरिका वा चीन दुवैको पोल्टामा जानसक्ने टिप्पणी कुटनीतिज्ञ हेनरी किसीन्जर गर्दछन ।

चीन अहिले अमेरिकाको छेउछाउमा नरहेका राष्ट्रहरुसंग सम्बन्ध बढाइरहेछ । एसीया प्रशान्त क्षेत्रमा जापान, अष्ट्रेलिया, रुस र भारत पनि आ–आफ्ना भुमीकामा छन् । एसियाका सम्पुर्ण जनसंख्यामा १ अरब ४० करोड मात्रै चीनको हो ।

चीन सन ३० दशक को सम्ममा एसिया प्रशान्त क्षेत्रबाट अमेरिकालाई पछाडि धकेल्न चाहन्छ भने सन् ५० सम्ममा विश्व व्यवस्थाको दावेदार बन्न चाहन्छ ।

अहिले चीनले अमेरिकासँग खोजेको भनेको मुख्य शक्ति राष्ट्रको सम्बन्ध मात्र हो । अहिले नयाँ शीतयुद्धको हल्ला सोभीयत संघसँग चीनको तुलना गरेर अमेरिकीहरुले गरिरहेका छन् । तर चीन र अमेरिका बिचको द्वन्द मुख्यरुपमा व्यापार र प्रविधिमा केन्द्रित छ ।

चीनले बजार र अर्थतन्त्र र विज्ञान प्रविधी पश्चिमबाट लीएको हो । उदार विश्वको एजेन्डालाई नमान्ने चीनले पक्कै पनि अहिले विश्वमा उदार प्रजातन्त्रको क्षयबाट सन्तुष्टी लिएको हुनसक्दछ ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको उदय पछि स्वकेन्द्रित र रैथाने अमेरिका बनेपछि चीनले भूमण्डलीकरणको वकालत गरेको छ । पश्चिमी सभ्यताको स्रोत ग्रीक दर्शन, यूरोपको प्रबोधन क्रान्ति र पुनर्जागरणको काल हो । जसका वैश्विक आफ्नै खाले मान्यता र संस्कृतिहरु छन् । तर चीन एसियमा केन्द्रित शास्त्रीय कन्फुसियाली चिन्तनको राष्ट्र हो ।

विश्वमा अरु इस्लाम, हिन्दु र अफ्रिकी सभ्यताहरु पनि छन तसर्थ चीनको उदयको नाममा दुवैपक्षबाट अतिसयोक्ति विचारहरु प्रकट हुदै आएका छन् । तर सन् १९७२ मा राष्ट्रपति रिचर्ड निक्सनको बेजिङ्ग भ्रमणका योजनाकार हेनरी किसिन्जरले भने अनुसार चीन र अमेरीका दुवै विश्व व्यवस्थाका दावेदार देखा पर्दछन् ।

संसारभर अहिले उदारवादीहरु रक्षात्मक अवस्थामा पुगेका छन् । अमेरिका र वेलायतमा लोकप्रियतावादको उदयले यूरोप, ल्याटीन अमेरीकाको ब्राजिल र दक्षिण एसियाको भारतमा प्रभाव पारेको छ ।

करिब ४० वर्ष अघिको नवउदारवादीको विजयले स्थापित गरेका राजनीतिक आर्थिक पद्धति विरुद्ध जनमत तयार भएको छ । युरोपिय युनियन ब्रेक्जिटसंगै धरापमा परेको छ । यस्तो अवस्थामा सभ्यतागत राष्ट्रको हवाला दिने चीनको मोलतोल बढीनै रहेको छ ।

उदार विश्वको सैनिक गठबन्धन नेटोको सान्दर्भिकता माथी प्रश्न उठेको छ । फ्रान्सका राष्ट्रपति इम्यानियोल म्याक्रोनले हालै नेटोलाई ब्रेण्डेड भने । नेटो स्थापनाको ७० वर्षको सम्मेलन भर्खरै सक्यो । उक्त सम्मेलनले चीन नयाँ खतरा र चुनौती रहेको निष्कर्ष निकाल्यो ।

ट्रम्प विश्व मामलामा पछाडी फर्किरहेका छन् सायद यसै कारणले होला वर्तमानलाई इतिहासकारहरुले अनिश्चयको युग भनेका छन् । पश्चिमी मान्यता अनुरुपको भन्दा सभ्यतागत राष्ट्र भन्ने चीनको वैश्विक अपिल छ वा त्यो चीन विशेषलाई मात्रै हो ? यसले नै चीनियाँ विश्व व्यवस्थाको भविष्य तय गर्नेछ ।

तपाईको प्रतिक्रिया